बीस हप्ते वित्तिय साक्षरता तालिम सम्पन्न

Halesi Khabar

हलेसी खबर

खोटाङ ,१२ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुईपामा बीस हप्ते वित्तिय साक्षरता तालिम सकिएको छ । तालिम समापन सँगै सहभागीहरुको मागको आधारमा १५ जनालाई प्लाष्टिक टनेल समेत वितरण गरेको छ ।

वैदेशिक रोजगारमा रहेकाहरुको परिवारका सदस्यहरुलाई विप्रेषण सदुपयोग सम्बन्धी सामि परियोजना खोटाङले बीस हप्ते तालिम कार्यक्रम संचालन गरिएको हो । सामि परियोजना खोटाङका कार्यक्रम संचालक ओजनबाबु आचार्यका अनुसार तालिम लिइसके पछि उनिहरु आफँैमा आत्मनिर्भर बन्नेछन् । नगरपालिकाको वडा नम्बर – १४ बुइपाका १५ सहभागीले एक कार्यक्रमका बिचमा वडाध्यक्ष दीनेश राईले टनेल दिएका छन् ।

यस्तै, टनेल वितरण पश्चात टनेल घर निर्माण र टनेल घरमा तरकारी उत्पादनका लागी अपनाउनु पर्ने उपाय तथा सावधानी बारे अभिमुखीकरण तालिम दिइएको छ । तालिममा सहभागी भइरहेका तथा बाँकी सहभागीले बाख्रा पालन, कुखुरा पालन, बँगुर पालन लगायत कामगर्ने आफ्नो योजना भएको सहभागीहरुले बताएको आचार्यको भनाई रहेको छ ।

चार वटा समुहमा विभाजन गरि उनिहरुलाई तालिम दिएको हो । तालिममा १ सयजना सहभागीले नगरपालिकाको नेतृत्वमा वडा नम्बर – १४ बुइपामा बालसेवा समाजले संचालन गरिरहेको वित्तिय साक्षरता कक्षा संचालन गरिएको हो ।

तालिममा सहभागीहरुलाई बीस हप्ते वित्तिय साक्षरता कक्षा संचालन गरिनुका साथै चार साता मनोसामाजिक परामर्श तालिम दिइएको बताइएको छ । विप्रेषण सदुपयोग र व्यवस्थापानका लागी व्यवहारीक ज्ञान भएको वित्तिय साक्षरता कक्षा सम्बन्धी पाठ्यपुस्तक साथै दैनिक हिसाबकिताबको आर्थिक रकम राख्नका लागी पासबुक समेत वितरण गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया