शिव परियार ल्याए ‘आँशुको अर्थ ३’

Halesi Khabar

हलेसी खबर
काठमाडौं । चर्चाको गायक शिव परियारको स्वर तथा संगीत रहेको ‘आँसुको अर्थ ३’ एल्वमको ‘तिमिले पो सक्यौ त’ गीतको भिडियो सार्वजनिक भएको छ । ‘आँशुको अर्थ’ र ‘आँसुको अर्थ–२’ पछि परियारले यो भिडियो ल्याएका हुन् ।

‘आँशुको अर्थ’लाई युट्युबमा दुई करोड भन्दै बढी पटक हेरी सकिएको छ भने ‘आँसुको अर्थ २’लाई ५२ लाख भन्दा बढी पटक हेरी सकिएको छ । गीतमा संचारकर्मी तथा चलचित्र निर्माता रवि अधिकारीको शब्द रहेको छ भने गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् । स्टुडियो साउन्ड मिलमा रेर्कडिङ गरिएको यो गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

‘आँसुको अर्थ ३’ मा नायक आकाश श्रेष्ठले उत्कृस्ट तथा मन छुने अभिनय गरेका छन् । आँसुको अर्थमा जहाँ सकिएको थियो कथालाई त्यहीबाट टिपेर पुनः जोडिएको छ । भिडियोमा नायिका स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ ।

यस भिडियोलाई चर्चित म्युजिक भिडियो निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन्। हरि हुमागाईको छायांकन र धमला विकासको सम्पादन रहेको यस गीतमा समरा जोशी को मेकअप रहेको छ ।गीतको भिडियोलाई गायक शिव परियारले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक छ । भिडियोलाई गायक परियार आफैले निर्माण गरेका छन् ।

भिडियो हेर्न तल जानुहोस …

तपाईको प्रतिक्रिया