हलेसी खबर
खोटाङ, १६ मंसिर । खोटाङ जिल्लामा रहेको विश्वको एकमात्र त्रिधार्मिक स्थल हलेसीको मन्दिर खुलेको छ । कोभिड १९ संक्रमण शुरुवात भएसँगै बन्द रहेको मन्दिर हलेसी तुवाचुङ नगरपालिकाले एक सूचना जारी गर्दै खुल्ला गरेको हो ।
उता हलेसी महादेव विकास समितिले भने मन्दिर खुलाउने बारेमा आफुसँग परामर्श नभएको गुनासो गरेको छ । हलेसी विकास समितिका अध्यक्ष टंक राईले मन्दिर खोल्ने कुरामा समितिको विमती नरहेको भन्दै तर नगरपालिकाले विना परामर्श अधिकार क्षेत्र भन्दा बाहिर रहेर मन्दिर खोलेकोमा भने विरोध रहेको बताएका छन् । ‘मन्दिर खुलाउने कुरामा हामीले आवश्यक तयारी गर्नु पर्ने हुन्छ । व्यवस्थित हिसाबले मन्दिर प्रवेश गराउनका लागि सुरक्षाको प्रबन्ध गर्ने, साबुन पानीको व्यवस्था, सेनिटाईजर र मास्कको प्रबन्ध गर्दै व्यवस्थित बनाएर खोल्नु पर्नेमा नगरले एक्कासी सूचना टाँसेर खोल्न राम्रो होईन’ उनले भने ‘नगरपालिका ले अनवाश्यक हस्तक्षेप ग¥यो’
उता हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले भने सबैसँग परामर्श गरेर नै मन्दिर खोलेको जानकारी दिएका छन् । उनले हलेसी महादेव विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलसँग पटक पटक कुराकानी भएको उनले सुनाए । मन्दिर खोल्ने कुरामा सबैतिरबाट सुझाव आएको बताउँदै प्रतिनिधी सभा सदस्य तथा संघीय सांसद विशाल भट्टराईको समेत सल्लाहामा मन्दिर खोलिएको उनको भनाई रहेको छ । उनले भने, ‘माननीय विशाल भट्टराईले सोमबार नै मन्दिर खोल्न आग्रह गर्नु भएको थियो । यसपछि मंगलबार समेत सूचना निकाल्न अगाडि सबैसँग परामर्श गरेर अन्तिममा मैले उहाँलाई मन्दिर खोल्ने सूचना निकालौँ त भनेर सोधेको थिँए । उहाँले हुन्छ भन्नु भएपछि मन्दिर खुलेको हो ।’
उता विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले भने मेयर साब सँग कुरा हुँदा केही छलफल गरेर तयारी पछिमात्र मन्दिर संचालनमा ल्याउने कुरा भएको बताएका छन् । उनले आउने शनिबार समितिको बैठक बसेर आवश्यक तयारी गरेपछि मात्र मन्दिर खोलौँ भन्ने हाम्रो कुरा थियो भनेको छन् ।
यद्यपी मन्दिर खुलिसकेपछि अब यसलाई थप व्यवस्थित बनाउने र कोभिड १९ को जोखिम हुन नदिने अधिकतम उपायहरु खोजिने विकास समितिका अध्यक्ष राईले बताएका छन् ।
२०७६ चैत ६ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिएको हलेसी २५० दिन पछि खुलेको हो । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र धाम हलेसीको प्रमुख प्रवेशद्वारबाट दर्शनार्थीलाई एकपटकमा १० जनालाई प्रवेश अनुमति दिइने । दर्शनार्थीहरुले भौतिक दूरी कायम गर्नुपर्ने हलेसी तुवाचुङ नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
हलेसी बन्द गरिए पनि बालपुजारीबाट साँझ–बिहान गरिने पूजाआजाचाहिँ नियमित गरिएको थियो ।
नगरले खोल्यो हलेसी मन्दिर, विकास समिति भन्छ अनावश्यक हस्तक्षेप भयो
Halesi Khabar

तपाईको प्रतिक्रिया
- १. प्रधानमन्त्री ओलीको ¥याली पञ्च¥यालीभन्दा फरक हुन्न : अध्यक्ष प्रचण्ड
- २. विश्वमै ओली जस्तो झुटो बोल्ने र बेइमान व्यक्ति छैन : अध्यक्ष नेपाल
- ३. प्रधानमन्त्री ओलीद्धारा देशकै दोस्रो लामो राप्ती पुल उद्घाटन, लालमटियामा जनसभालाई सम्बोधन
- ४. प्रचण्ड–माधव समूहद्धारा तेस्रो चरणको विरोध कार्यक्रम घोषणा
- ५. अदालतको फैसला ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा
- ६. ओली समूहको जनसभा काउण्टर जवाफ नभइ स्थिरताका लागि हो : ईश्वर पोखरेल