रावावेशीमा राताेमकैकाे नि:शुल्क बीउ 

Halesi Khabar

हलसी खबर
रावावेशी, १५ मंसिर। खाेटाङकाे रावावेशीमा राताेरंगकाे हाईब्रिड राजकुमार जातकाे बिउ वितरण भईरहेकाे छ। प्रधानमन्त्री कृषि अाधुनिकिकरण कृषि परियाेजना मकैजाेन कार्यक्रमले उपलब्ध गराएकाे बीउ वितरण गरिएकाे हाे।
रावावेशी गाउँपालिका १ कुभिण्डे स्थित ढाँड खाेला कृषक समुहका सदस्य हुपबहादुर राना मगर र झुमा पाेख्रेलकाे सक्रियतमा २ सय २० केजी हाईब्रिड मकैबिउ वितरण गर्न लागीएकाे छ। १ राेपनी जमिनमा १ केजीका दरले वितरण भईरहेकाे नि:शुल्क मकैबिउ पाउँन कृषकले जग्गा धनिकाे लालपुर्जा र नागरिकतकाे फाेटाेकपी पेश गर्नुपर्ने झुमा पाेख्रेलले जानकारी दिएकीछन्।
रावाबेशी गाउँपालिकाकाे कुभिण्डे, हाैँचुर, दुवेकाेल र डुम्रेका १५० भन्दाबढी कृषकहरुले बीउ लगिसकेकाे हुपबहादुर राना मगरले बताए। अरुकाे तुलनामा बेसी क्षेत्रमा छिटाे र राम्राे फल्ने बीउ भएकाले अाफुलेपनि लगेकाे स्थानी कृषक कक कुमार राईकाे भनाई रहेकाे छ।
मकै जाेन कार्यक्रम अन्तर्गत नि: शुल्क प्राप्त भएकाे मकै बीउ गाउँ सम्म ल्याउन हुप बहादुर र झुमा पाेख्रेलले करिब २५ हजार रुपैया खर्च गरेकाे सुनाउँछन् । काठमाडाैँमा बस्दै अाएक उनिहरु काेभिडका कारण गाउँ फर्केका हुन्। लक डाउनपछि गाउँ फर्केर कृषकहरु सँग केही नया काम गर्न रुचि भएकाले याे काम गर्न उत्साहित भएकाे उनिहरुकाे भनाई रहेकाे छ।

 

तपाईको प्रतिक्रिया