नेकपा : केन्द्रमा विवाद खोटाङमा प्रवेश

Halesi Khabar

हलेसी खबर
खोटाङ, १४ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रमा पार्टीको आन्तरिक जीवनमा निकै ठुलो विवाद देखिएको बेला खोटाङमा भने नेकपा प्रवेशको कार्यक्रम चलिरहेको छ । केन्द्रको विवादले आन्तरिक पार्टी जीवनलाई थप सुदृढ र मजवुद बनाउने आशाका साथ जिल्लामा नेकपा प्रवेशको लहर चलेको हो ।
पार्टी भित्र देखिएको विवादको समाधान केन्द्रका नेताहरुले आपसी समझदारीका साथ पार्टीलाई अझ शसक्त र उच्च स्तरको सम्बन्ध विस्तार गर्दै समाधान हुने खोटाङका नेताहरुले लिएका छन् । खोटाङका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकामा भएको एक कार्यक्रममा पार्टी नेताहरुले पार्टी कुनै हालतमा विभाजन हुन नहुने तर्क राखेका छन् ।
नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विशाल भट्टराई, जिल्ला सचिव रामप्रसाद दंगाल लगायत नेताहरुको उपस्थितीमा पाथेकामा पार्टी प्रवेश गराईएको छ । पार्टी प्रवेशको कार्यक्रमलाई केही समय विश्राम लिएको नेकपाले पुनः खोटाङमा पार्टी प्रवेश अभियानलाई निरन्तरता दिएको हो । नेपाली काग्रेस र जनता समाजवादी पार्टीबाट करिब डेढ दर्जन व्यक्तिले नेकपामा प्रवेश गरेका छन् ।
आफ्नो विगतको पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्नेमा पर्शुराम गिरि,मणीराम गिरि, गंगा गिरि, हरिकाजी गुरुङ, मिलन बानियाँ, बिशाल राई , सन्दीप गिरि, मणि गिरि, टुकराज राई, सौमणि राई, मनकेशर राई, अभिषेक बानियाँ, गौरव गिरि, शुशिला गिरि, भबिना गुरुङ, सन्देश राई, टीकाराम राई, टीकाराम पुरी लगायत रहेकाछन् ।
उनीहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज संसद विसाल भट्टराई, प्रदेश समिति सदस्य तथा जिल्ला सचिव रामप्रसाद दंगाल लगायत स्थानीय नेताहरुले स्वागत गरेका छन् । उनिहरुलाई आवस्यकता अनुसारले पार्टीले जिम्मेवारी दिएर लैजाने जिल्ला पार्टी सचिव दंगालको भनाई रहेको छ ।

 

तपाईको प्रतिक्रिया