मेथानोल भेटिएपछि ह्याण्ड सेनिटाइजर विक्रिवितरणमा रोक

Halesi Khabar

हलेसी खबर

काठमाडौं, ५ मंसिर । स्वास्थ्यलाई असर गर्ने मेथानोल मिसाएको पाइएपछि ह्याण्ड सेनिटाईजर उत्पादन गर्ने ५ वटा उद्योग कारबाहीमा परेका छन् । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा सुनसरीका २, विराटनगरका २ र ललितपुरका १ गरी ५ वटा उद्योगले ह्याण्ड सेनिटाइजरमा मेथानोल मिसाएको पाइएको हो ।
औषधि व्यवस्था विभागले यी ६ वटा उद्योगको ह्याण्ड स्यानिटाइटर बिक्रीवितरणमा रोक लगाएको छ । मापदण्ड विपरीत विषाक्त रसायसन मिसाइएको पाइएपछि तत्काल बिक्री वितरण रोक्न विभागले निर्देशन दिइसकेको जनाएको छ ।
मकालु जडिबुटी प्रो. प्राइभेट लिमिटेड लक्ष्मी सडा धरान सुनसरीको सेफ ह्याण्ड हर्बल ह्याण्ड सेनिटाइजर र सीता हर्बल प्रोडक्ट नर्सिङ सुनसरी नेपालको क्लिनिक ह्याण्ड हर्बल ह्याण्ड सेनिटाइजर ५० एमएल र ५ सय एमएल, मा मेथानोल भेटिएको विभागले जानकारी दिएको छ ।
यस्तै, एमके हर्ब इन्डस्ट्री ललितपुरको भिउज ह्याण्ड सेनिटाइजर, सुनिमा आयुर्वेद कम्पनी प्राइभेट लिमिटेड विराटनगरको सुनिमा ह्याण्ड सेनिटाइजर, ग्यालक्सी डेन्टल एण्ड सर्जिकल प्रा.लि विराटनगर मोरङको ह्याण्ड सेनिटाइजरमा पनि मेथानोल पाइए पछि उनिहरुलाई कारबाही गरिएको हो ।
मेथानोल विषाक्तताका कारण वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा हुने विज्ञहरुको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया