अटोरिक्सा दुर्घटनाका घाइते रुपेशको उपचारार्थ सहयोग रकम जुट्दै

Halesi Khabar

खोटाङ, २४ कात्तिक । अटोरिक्सा दुर्घटनामा गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीका रुपेश राईलाई उपचार खर्च प्राप्त भएको छ । हलेसीस्थित सुम्निमा पारुहाङ साँस्कृतिक समूहले रु ५० हजार सहयोग गरेको हो ।

समूहका अध्यक्ष हर्कराज राई लगायत पदाधीकारीहरु रुपेशको घरमै पुगेर उनका आमा ममता राईलाई रकम हस्तान्तरण गर्नुभएको जनाइएको छ । समूहले रुपेश बचाउ अभियानलाई समर्थन गर्दै सीघ्रस्वास्थ्य लाभको कामनासहित उपचार खर्च बापत सो रकम प्रदान गरेको हो ।

यहि २२ गते दिक्तेल–जयराम सडक खण्डको ऐसेलुखर्कस्थित पिलोतेभिरमा स १ ह ३५१८ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा रुपेश गम्भीर घाइते भएका थिए । दुर्घटना लगतै गम्भीर घाइते रुपेशलाई थप उपचारका लागि हेलिकोप्टर चार्टर गरेर न्युरो अस्पताल काठमाडौँ लगिएको थियो ।

न्युरोले किर्तिपुर अस्पताल रेफर गरेको थियो । टाउकोको दाहिनेपट्टी गहिरो चोट लागेर गम्भीर घाइते रुपेशको आज (सोमबार) साँझ शल्यक्रिया हुने बुबा कम्पशेर राईले जानकारी दिनुभएको छ ।

उपचारका लागि पिसीआर टेस्ट गर्नु पर्ने भएकाले घाइतेको चाडो उपचार हुन नसकेको अस्पतालले जनाएको छ । ज्याला मजदुरीबाट परिवार चलाउदै आएका कम्पशेरले छोराको उपचारको लागि सहयोगको अपिल गरेका छन् ।

रुपेशको उपचार सहयोगार्थ सामाजिक सञ्जाल फेसबुकमार्पmत ‘रुपेश राई बचाऊ’ अभियान थालिएको छ । रुपेश राईलाई सहयोग गर्नेले नवीन चाम्लिङ (हलेसी) सम्पर्क नम्बर ९८४९३०४०३८, यविन्द्र राई (हलेसी) सम्पर्क नम्बर ९८४२९४४३०१, हामस राई (हलेसी) सम्पर्क नम्बर ९८४२९४४३०० र चन्द्र राई (काठमाडाँै) सम्पर्क नम्बर ९८५१२७९२२२ लाई सम्पर्क गर्न सकिनेछ ।

यसअघि हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख विमला राईले रु दश हजार उपचार खर्च उपलब्ध गराउनुभएको थियो । दुर्घटनामा गम्भीर घाइते बनेका रुपेशको उपचारमा समस्या आर्थिक अवस्था कमजोर भएकै कारण समस्या भएको छिमेकीहरुले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया