गाउँतिर मुहार फर्काउने कि ?

Halesi Khabar

–भीम राई
कला र गलाले भरिपूर्ण मानिएको जिल्ला खोटाङका कलाकारहरुलाई मात्र नेपाली सँगीतको बजारबाट बाहिर निकाल्ने हो भने हिसाब खुँडे हुन पुग्छ । गीत लेख्नेदेखि गाउनेसम्म सँगीत गर्नेदेखि नाच्नेसम्म, चलचित्र बनाउनेदेखि अभिनय गर्नेसम्म । कलाको कुन दुःख छ र खोटाङमा । तर, यी सब शहरमा बसेर शहरकै चर्चामा गाउँको स्वाद खोजिरहन्छन् । समस्या यो हो ।

निकै पहिले एउटा खोटाङको गीत निकै चर्चामा आयो ‘खोटाङ जिल्ला दिक्तेल बजार’ गीतले यति धेरै चर्चा कमायो जस्को कुरै नगरौँ । खोटाङका जो कोहि पनि यो गीत जतापुगेर पनि गाउन तयार छन् । दुई÷चार जना खोटाङगे जम्मा भयो भने गाइने पहिलो रोजाइको गीतमा यहि पर्छ । तर, पछि थाहा भो यो गीत लेख्ने व्यक्ति आफैमा खोटाङ्गे त होइन पो रहेछन् । यो गीतको रचना गर्ने तुलसी पराजुली कताको हुन थाहा छैन ।

गाउने पनि तुलसी पराजुली र लोचन भट्टराई पो रहेछन् । जेवी थुलुङले बनाएका रहेछन् यति मिठो भाका । पछि यसको म्युजिक भिडियो पनि आयो । युट्युब च्यानलमा भिडियो हेरेपछि थाहा भो दिक्तेल बजार गीतको छायाङ्कन त खै कता कता पो रहेछ ।

अर्को खोटाङकै पेरिफेरीमा गाइएको गीत खोटाङ हलेसीको चर्चा गरौँ । गायक गायिकाको बारेमा कुरा नगरुम माथि नै भनिएको छ । नेपाली गीतसँगीतको आधा हिस्सा खोटाङले ओगटेको कुरा ।

यसमा पनि खोटाङकै कलाकारहरुको पसिना छ गाएकी छ । तर, उहि फेरि माटो र कलाकार भने खै कता कता को हो ? यो समस्या हो । यी त भए पुराना उदाहरण तर, अहिले पनि नेपाली सँगीतमा उम्दा ओस्तादहरु छन् । तर, खोटाङका भावी कलाकारहरुको बारेमा खासै सोचेका जस्तो देखिदैन ।

उनीहरुले यतातिर कति सोचेका होलान ? कलाकारहरु व्यवसायिक भइरहँदा व्यवसायिक गीत सँगीत कस्तो हुन्छ भन्ने बारेमा केहि योगदान माटोले माग गरिरहको छ । जिल्लामा फर्केर होइन जिल्लालाई हेरेर मात्र भएपनि आफूपछिका भाइबहिनीहरुलाई प्रेरित गर्न अब उनीहरुले केहि न केहि गर्नै पर्छ । आफ्नो माटोका लागी पनि आफूले नगरे अरुले गर्दैन । यसका लागि हामी खोटाङगेको अपिल छ ।

अब केहि गर्नुुस । तँपाईलाई यतिको सिर्जनशिल बनाएको यहि माटोले हो । यहाँ जो अहिले सिक्दैछन् उनीहरु तँपाई पछिका पुस्ता हुन् । उनीहरुको यात्राले तँपाईहरुले शुरुवात गरेको बाटोहरु भत्किए पनि मर्मत गर्दै जाने दस्ताका रुपमा आएका छन् । कहिँ कतै अवसरहरु आएका हुँदा हुन उनीहरुका लागि किन अगाडि नबढ्ने ?

हुन त अहिले अनुहार र सेलिब्रेटीको जमना होला तर, जबसम्म आफ्नो माटोलाई सेलिब्रेट गर्न सकिदैन अरुको सेलिब्रेटी अनुहारको कुनै अर्थ रहन्न । हामीले आफूलाई सेलिब्रेटी हुने की बनाउने भन्ने विषयमा अब घोत्लिनु पर्छ । मुहानबाट निस्केको पानी त बग्दै बग्दै सागरसम्म पुग्दा कति उतार चढाव आउँछ । ती उतार चढावहरुमा मुहानलाई बिर्सने भनेको पानीले मात्र हो तर, मुहाननै सुक्यो भने त्यो नदीको के काम नै लाग्छर ? बस त्यस्तै भइरहेको छ त छैन ।

हामीले भन्न खोजेको गीत सँगीतको मुहान फेरि पनि गाउँ र गाउँकै परिवेश हुने हो भने हाम्रो आखा गाउँतिर किन नफर्काउने ? खोटाङको कथालाई काठमाडौँ नजिकैको फर्पिङले कति बोक्न सक्छ । साँखु, चोभारहरुले कति समेट्छ ।

हलेसीको गीतलाई पशुपतिले न्याय दिन्छ र ? रुपाकोट तस्वीर फूलचोकीले धान्ला जस्तो लाग्दैन । गाउँमा गाइने हाक्पारेको भिडियो पाँचतारे होटलको कोठामा झल्किन सक्दैन । यी र यस्तै विषयले गर्दा नै हामी कस्मेटिक त बन्दै छैनौँ त ।

आफूलाई राष्ट्रियस्तरको कलाकारको सम्झदै गर्दा खोटाङको सम्झनामा पनि सँगै गर्नु पर्दछ । त्यसैले अन्तमा तँपाईको सिर्जना खोटाङसँग जोडियोस । काठमाडौँका भन्दा हाम्रो गाउँ ठाउँ निकै सुन्दर छन् । शहरको कथा भन्दा अहिले बजारमा बेच्दै पनि गाउँकै कथाहरु बिक्न सक्दछ । आजै गाउँतिर मुहार फर्काउँ की ?

तपाईको प्रतिक्रिया