चीनले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन प्रयोग गर्न डब्ल्युएचओको अनुमति

Halesi Khabar

खोटाङ, १० असोज । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको भ्याक्सिनलाई आम नागरिकमा लगाउन अनुमति दिएको छ । रोयटर्सका अनुसार चिनियाँ स्वास्थ्य अधिकारीले डब्ल्युएचओले आम मानिसमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिएको हो ।

चीनले तेस्रो चरणमा पाँचवटा भ्याक्सिन परीक्षण गरिरहेको छ । त्यसमध्ये सबैभन्दा सफल मानिएको भ्याक्सिन आम नागरिकलाई दिन डब्ल्युएचओले अनुमति दिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले तेस्रो चरणको परीक्षण अन्तरगत आम मानिसमा भ्याक्सिन लगाउँदा पश्चिमा देशहरुले आलोचना गरेका थिए । चीनले जुलाइ महिनामा आपतकालीनरुपमा भ्याक्सिन प्रयोग गर्न अनुमति दिएको थियो ।

चिनियाँ नेशनल हेल्थ कमिसनका अधिकारी झेङ्ग झोङ्गवेइले डब्ल्युएचओले कोरोना भ्याक्सिनका बारेमा हालै जानकारी गराएको थियो । चीनले यसअघि नै आपतकालीनरुपमा लाखौँ व्यक्तिलाई कोरोनाविरुद्धको भ्याक्सिन दिन शुरु गरेको छ ।

डब्ल्युएचओका डायरेक्टर जनरल डा.मरिअनजेला सिमाओले आपतकालीन प्रयोग गर्न अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डब्ल्युएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले आपतकालीन प्रयोग अस्थायी समाधान भन्दै तेस्रो चरणको परीक्षणको नतिजाले विशेष महत्व राख्ने बताउनुभयो ।

सिएनबिजी र सिनोभ्याक भ्याक्सिन चीनमा आपतकालीनरुपमा दिन थालिएको जनाइएको छ । क्यानसिनोको भ्याक्सिन भने मिलिट्रीका लागि प्रयोग गरिएको छ ।

चिनियाँ अधिकारीले सन् २०२० को अन्तिमसम्म चीनले भ्याक्सिन बजारमा ल्याउने बताएका छन् । एक वर्षभित्र ६१ करोड भ्याक्सिन उत्पादनको क्षमता आफ्नो देशसँग भएको चीनले जनाएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया