नेपाली काँग्रेसका ८६ सहित ९९ जना कार्यकर्ता नेकपा प्रवेश

Halesi Khabar

खोटाङ, २८ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा विभिन्न पार्टी परित्यागगरि ९९ जना नेता तथा कार्यकर्ता सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । नेकपा नगर कमिटिको संयोजनमा वडा कमिटिले शनिबार खार्मीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका ८६ जना, जनता समाजवादी पार्टीका ११ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जना नेकपामा प्रवेश गरेका हुन् ।

नेकपा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई नेकपाका आमन्त्रित स्थायी कमिटि सदस्य टंक राई लगायतले अविर लगाएर पार्टी प्रवेश गराएका छन् । कार्यक्रममा राष्ट्रिय युवा संघ, अनेमसंघ र राष्ट्रिय दलित मुक्ती मोर्चाको वडा कमिटिसमेत गठन गरिएको छ ।

अशोक राई इन्चार्ज र हेमन्त राई अध्यक्ष रहेको ५२ सदस्यीय राष्ट्रिय युवा संघको वडा कमिटि गठन गरिएको वडा कमिटि सचिव विजय राईले जानकारी दिनुभयो । यस्तै, मञ्जु तामाङको अध्यक्षतामा २७ सदस्यीय अनेमसंघ वडा कमिटि तथा ज्ञानेन्द्र विश्वकर्माको अध्यक्षतामा १६ सदस्यीय राष्ट्रिय दलित मुक्ती मोर्चा गठन गरिएको नेकपा नगर कमिटिले जनाएको छ ।

कार्यक्रममा नेकपाका आमन्त्रित स्थायी कमिटि सदस्य राईसहित केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य रामकुमार राई, प्रदेश कमिटि सदस्य ध्रुव बुढाथोकी, जिल्ला सचिव रामप्रसाद दंगाल, जिल्ला कमिटिका कार्यालय सदस्य देवविक्रम राई, कुमार आचार्य, जलसेर राई, सचिवालय सदस्य विनोद आचार्य, दीपनारायण रिजाल, विणादेवी राई लगायतको उपस्थिति रहेको थियो । कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम वडा कमिटि अध्यक्ष हर्कराज राईको अध्यक्षमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया