भर्जिन लोकेशनमा भर्जिन कलाकार (भिडियोसहित…)

Halesi Khabar

खोटाङ, १७ भदौ । खोटाङका स्थानीय कलाकारहरुले भर्जिन लोकेशनमा नयाँ कभर डान्स भिडियो बजारमा ल्याएका छन् । जिल्लामै पहिलो पटक छायाङ्कन गरिएको कभर भिडियोको परिकल्पना, कोरियोग्राफ तथा निर्देशन उत्साह राईले गरेका छन् ।

जिल्लाको तिप्सालुङपार्क र मुडेडाँडा आसपासमा छायाङ्कन गरिएको कभर भिडियोमा नृत्य निर्देशक उत्साह राई, कलाकारहरु परिणय सैँजू, निशा राई, अरुणा राई, एलिना राई, प्रशिका भट्टराई, सुस्मिता राई र रेस्टिना राईले अभिनय गरेका छन् ।

सानै उमेरमा भिडियो निर्देशनमा उत्रिएका उत्साहले यस अघि पनि विभिन्न म्युजिक भिडियोमा काम गरिसकेका छन् । साईनो कलाकेन्द्रको अफिसियल युट्युब च्यानलमार्फत रिलिज गरिएको भिडियोको छायाङ्कन तथा सम्पादन पत्रकार भीम राईले गरेका हुन् ।

नेपाली सिनेमा चँगाचैटमा समावेश भएको गीतको आधिकारिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट आएको हो ।
भिडियो हेर्न तलको लिङ्कमा जानुहोस्…

तपाईको प्रतिक्रिया