पत्रकार दिपक पाण्डे प्रेस काउन्सिलको सदस्यमा नियुक्त

Halesi Khabar

खोटाङ, ३२ साउन । खोटाङका पत्रकार दिपक पाण्डे प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त हुनुभएको छ । २५ वर्षदेखि पत्रकारितामा क्रियासिल पाण्डे चार वर्षका लागि काउन्सिलको सदस्यमा नियुक्त हुनुभएको हो ।

प्रेस काउन्सिलको सदस्यमा चुनिएका पत्रकार पाण्डे हाल प्रकाश साप्ताहिकका सम्पादक एवम् जनता टिभीका सल्लाहकार सम्पादक हुनुहुन्छ । खोटाङ घर भइ हाल काठमाडौँमा बसेर पत्रकारिता गरिरहनुभएका पाण्डे नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रिय सदस्य एवम् लेखा समितिका संयोजक हुनुहुन्थ्यो ।

पाण्डे प्रेस काउन्सिलको सदस्यमा नियुक्त हुनुभएलगत्तै उहाँका आफन्त तथा शुभेच्छुकहरुले शुभकामना दिइरहेका छन् । पाण्डेसँगै पत्रकार दुर्गा भण्डारी पनि काउन्सिलको सदस्यमा नियुक्त हुनुभएको छ ।

तपाईको प्रतिक्रिया