विद्युत मर्मत गर्नेक्रममा करेण्ट लागेर युवकको मृत्यु

Halesi Khabar

खोटाङ, २३ साउन । अवरुद्ध विद्युत मर्मत गर्नेक्रममा करेण्ट लागेर जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङस्थित खैलाभन्ज्याङका २५ वर्षीय रामकुमार राईको मृत्यु भएको छ । शुक्रबार दिउँसो आफ्नै गाउँमा अवरुद्ध विद्युत मर्मत गर्नेक्रममा करेण्ट लागेर शक्त घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको हो ।

करेण्ट लागेलगत्तै उपचारको लागि छिमेकी जिल्ला भोजपुरको बालाङ्खा स्वास्थ्य चौकी पु¥याइएपनि उपचार सम्भव नभएको आफन्तले बताएका छन् । उपचारको क्रममा भोजपुरमा ज्यान गुमाएका राईको शव परीक्षणका लागि चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिनुभयो ।

तीन दिनदेखि अवरुद्ध विद्युत मर्मत गर्न ट्रान्सफर्मरमा चढेको समयमा एक्कासी लाइन आउँदा राईलाई करेण्ट लागेको गाउँपालिका प्रमुख शंकरबहादुर राईले बताउनुभयो । मृतक राई स्काभेटर अपरेटर रहेको र वर्षातमा स्काभेटर नचल्दा गाउँ आएका थिए ।

तपाईको प्रतिक्रिया