ओलीको बिकल्प ओली नै…

Halesi Khabar

कमल ढकाल
बर्तमान अबस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री मध्य कुनै पद छाड्नुपर्ने गरि एक पद एक ब्यक्तिको जिम्मेवारी पाउनुपर्ने निर्णय हुनुपर्छ भन्दै एकाथरी नेताहरुले हङगामा मच्चाउने प्रयास गरिरहनु भएको छ । यस्तो खालको कुरा आउँदा कसैलाई राम्रो पनि लागिरहेको हुनसक्छ र केहिलाई यो असजिलो महसुस पनि भइरहेको छ ।

जे होस कसैलाई ठिक होस या बेठीक होस यस्तो बिश्वब्यापी रुपामा फैलिरहेको कोरोना भाइरसले बिस्वका महाशक्ति भनिने राष्ट्रहरुलाई समेत आच्छु आच्छु पारिरहेको यो दुखद समयमा निराकार भाइरसका विरुद्धमा सबै एकजुट भएर डटेर लडाइँ गर्नुपर्ने बखतमा किन यस्तो प्रकारका बिचारहरु पाटी भित्रैबाट उठिरहेको छ यसको बारेमा खोजिनिती गर्नुपर्ने बेला भएको छ ।

दुई ओटा बाटोहरु समातेका दुई ठुला कम्युनिष्ट पाटिहरुको एकता उतिबेला नै ठिक थियो कि बेठीक थियो भन्ने बिषय अहिले उठाउन सान्दर्भिक हुन्छ । मन,विवेक र बुद्धिले यसको मनोबौज्ञानिक कारणहरु खोज्नुपर्छ र सत्यतथ्य कुराहरू बाहिर ल्याउनु सान्दर्भिक नै हुन्छ । २०७५ जेष्ठ ३ गते राष्ट्रीय सभा गृहमा नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकीकरण हुनुको वास्तविक कारणबारे स्पष्ट नभएसम्म हामी अझै अन्योलमा पर्ने छौ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आजकाल विवाद उत्पन्न गर्ने र भित्र भित्रै सत्ता सङ्घर्षको खेल खेलाएर आम नेताकार्यकर्ता र जनतामा समेत एकखाले भ्रम पैदा गरि कतै ओलिलाई कमजोर बनाएर आफू अगाडि बढ्न सकिन्छ कि भन्ने मनोरोग नेताहरुमा आएको हो कि भन्ने प्रतीत हुन्छ ।

पार्टी एकता र एकीकरण नै पुर्ण रुपमा नसकिरहेको अबस्थामा राष्ट्रभक्तिले ओतप्रोत एक सफल लिडर माथी यस्ता औचित्यहिन तर्कहरु उठाउन थालेपछि कार्यकर्तामा एक खालको मनोदशा उत्पन्न भएको छ कि कतै पाटी फुटेर देशको समृद्धि र बिकासमा कालो बादल लाग्ने त होइन ?

अहिले देखिएका विवादहरु त्यसै आएका होइनन् । जनयुद्ध मार्फत संत्ता जन्माउने र जनताको अभिमत प्राप्त गरेर शान्ति प्रक्रियाबाट सत्ता जन्माउने फरक दर्शनबाट प्रेरित भएका पार्टिहरुको मेलमिलाप नै अपरिपक्व थियो कि भन्ने धारणा पनि आइरहेको छ । हुन पनि तपाईं हामिलाई अबगत छ कि स्थानीय चुनाव ताका एमाले र माओवादी एक अर्काका बिपरित ध्रुव जस्तै थिए र बिशेष गरि एमालेलाई सिद्य्याउने गरि काङ्ग्रेस संग माओवादी टसमस गर्दै थियो र अधिकांश ठाउमा उनीहरुको अघोषित एकता नौ देखिन्थ्यो । यसले केही स्थानहरुमा एमालेका उम्मेदवारहरु पराजित समेत हुनुपरेको थियो ।

यस लगत्तै हुन लागेको संसदीय निर्वाचनमा माओवादी र काङ्ग्रेस बिचमा तालमेल हुने खतरापूर्ण अबस्थाको विश्लेषण गरि केपि ओलिले कार्यगत एकता गर्नुपर्ने निस्कर्षमा पुग्नुभएको देखिन्छ भने माओवादी आफैमा जनतामाझ अलोकपृय हुँदै गएको र काङ्ग्रेस संग कार्यगत एकता गर्दै गर्दा कार्यकर्ताहरुमा झनै निरासा पैदा हुने र कुनै दोस्रो पाटिसंग चुनावी तालमेल नगर्दा सर्बनाक हार भएर आफ्नो अस्तित्व नै धरापमा पर्ने प्रचण्डले देखेपछि एमाले नै उपयुक्त गठबन्धन को सहि हिस्सेदार हुन सक्ने सस्लेषण गरेको कारण एमाले र माओवादी दुई ठुला कम्युनिष्ट पाटिको बिचमा चुनावी तालमेल गरेको कुरा सबैले बुझ्नु पर्दछ ।

दुई पार्टिका उम्मेदवारहरुले कुनै घात प्रतिघातका कारण हार बेहोर्नु नपरोस् भन्ने सन्देश प्रबाह गर्ने मुल उदेश्यले उतिनै बेला कुनै परिपक्क निर्णय नगरी चुनाव पछि एकता गर्ने घोषणा गरिएको थियो। यहि घोषणा ले नेताकार्यकर्तामा उत्साह थप्यो र झन्डै दुई तिहाई को हाराहारी उम्मेदवारहरु बिजय भए ।सरकार बनाउनु पर्ने निश्चित भयो।

प्रचण्डको व्यबहार र उसको प्रवृत्तिलाई हेर्दा उ कुनै एउटा निश्चित निर्णयमा टिकिरहने खालको ब्यक्ति पनि होइन त्यसैले गठबन्धन तोड्न सक्ने र आफ्नो नेतृत्वको सरकारले निर्धारित समयावधि चलाउन नसकिने सम्भावित आउन सक्ने अवस्थाको सुक्ष्म विश्लेषणका आधारमा पार्टी एकीकरणको बाटो अख्तियार गरेको कुरा स्पष्ट छ । यी उल्लेखित बिषयलाई हेर्दा खास एकीकरण नै चाहेको थिएन । यसैले नचाहेको कुरा पाउदा खास कोहि कसैमा खुसी आउन नसकेको आभास हुन्छ ।
त्यही अपरिपक्व एकताको निर्णयले ओलिलाई पिरोल्नु पिरोलिरहेको छ ।

सुविधाजनक बहुमत भए पनि सत्तालाई आफ्नो चुनावी घोषणा पत्रमुताबिक जनताको काम गर्न नसक्दा जन अपेक्षाहरु पूरा गर्न सकिरहेको देखिदैन किनभने पाटी भित्र नराम्ररी शक्ति सघर्ष सुरु भएको छ । अहिले पुर्ब एमालेका केही नेताहरूलाई साथमा लिएर र मिडिया समेत उपयोग गरेर उपयुक्त वातावरण बनाउने र प्रधानमन्त्री ले दुई पद मध्य एक पद नैतिकताको आधारमा छोड्नुपर्छ भन्दै पार्टीभित्र आन्तरिक दबाब सृजना गर्ने ,पार्टिका उपल्लो कमिटिमा बहुमत सृष्टि गरि राजीनामा गराउने सपनाहरू देखेको कुरा बुझ्न त्यति गाह्रो सार्हो छैन ।

यतिले नपुगे संसदीय दलमा केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने सम्मको अनुपयोगी योजना दोश्रो अध्यक्ष प्रचण्डले बनाएको अडकल गर्न सकिन्छ ।अब हामीले बिगतलाई गहिरो संग अध्ययन गरियो भने सजिलोसँग अनुभव गर्न सक्छौ कि क प्रचण्डलाई पुर्ब एमाले इतरका नेताहरुको प्रचण्ड कै योजना अनुकुल साथ रहि रह्यो भने सत्तारुढ नेकपाभित्रको अन्तरसङ्घर्ष छ्यालब्याल हुने पुर्ब अनुमान गर्न सकिन्छ र एसियाली मुलुकमा नै शक्तिशाली र अनुशासित मानिने साबिक एमालेलाई जगैदेखि ध्वस्त बनाउने निश्चित जस्तै भएको छ ।

अब हामी इमानदार कम्युनिष्ट नेताकार्यकर्ताले सिर निहुराएर मनन गरौ त फेरि मुलुकमा अस्थिरता,गतिहीनता आउने छ र यसपछि अराजकताले मौका पाउने छ । त्यसैले हामी हाम्रो बर्कतले भ्याएसम्म पाटिलाई दबाब सृजना गरौ।

‘पार्टीभित्र टाउको गनेर होइन, जनमतले निर्वाचित गरेको प्रधानमन्त्री र महाधिवेशनबाट निर्वाचित अध्यक्षले जनमतकै आधारमा मात्र आफ्नो पद छोड्न मिल्छ भने अर्का अध्यक्ष प्रचण्डसँग शक्ति बाँडफाँड गरिसकेको अवस्थामा ओली आउने एकताको महाअधिवेशन सम्मको अध्यक्ष र आम निर्वाचनसम्म नै प्रधानमन्त्री हो र अध्यक्ष ओली आम निर्वाचनसम्म नै प्रधानमन्त्री हो र अध्यक्ष ओलीले आफै पनि यसबाट दायाँबायाँ गर्न मिल्दैन र यदि दवाब सहन नसकी अप्रत्याशित रुपले अप्रिय निर्णय गरिहाले भने त्यस्तो निर्णय जनताले बिश्वास गरि दिएको जनादेश विपरित पनि हुन्छ ।

जनताले लोकतान्त्रिक प्रक्रियाद्वारा पाँच वर्ष सत्ता चलाउन दिएको अभिमतलाई सम्मान नगरी नेकपामा दुई वर्ष पुग्नासाथ अनेक थरीका बखेडा झिकेर जात्रा मन्चन भइरहेको छ । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालको मिलिभगतमा प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन खोज्नुभएको छ भने उहाँहरु स्थायित्वका पक्षमा हुनुहुन्न भन्नेकुरा प्रमाणित हुन्छ । प्रमाणीकरण भैसकेको अध्यादेश एक कदम पछि हटेर खारेज गरेर ओलीले सबै पक्षसंग हार्दिकता पूर्वक हात मिलाउन खोज्नुभएको छ तर पार्टीका अन्य पक्षले हात मिलाउन नचाहने हो भने अनिष्ट आउन सक्छ ।

ओलीसँग बहुमत सांसद रहेकोले प्रधानमन्त्री र अध्यक्षको दुबै नेतृत्वबाट दायाँबायाँ गरिए देशभरका हजारौं कार्यकर्ता र जनताले एकताबद्व भएर प्रतिवाद गर्नुपर्ने दिन आउन सक्छ । केही दिन अगाडि देखि नेपाली जनमानसमा पाटी र सरकार संन्चालन प्रक्रियालाई लिएर अनेक अडकलबाजीहरु हुन थालेका छ्न ।

पाटी भित्र पनि एक अर्कोतर्फ आमुने सामुने अनेक थरीका बिबादास्पद अभिव्यक्तिहरु असरल्ल भएर आइरहेका छ्न। कम्युनिष्ट बिचार बिपरितका देशीविदेशी शक्तिहरु कसरी सरकार र पाटिलाई जनता माझमा कमजोर बनाउन सकिन्छ भनेर हाम्रै नेताहरूलाई नि प्रयोग गरिरहेका त छैनन भन्ने आशंकाहरु पनि जन्मिएको छ त्यसैले उल्लेखित संशयहरुलाई निबारण गर्न हाम्रा उपल्लो दर्जामा रहेका नेताहरूबाट अहिलेको अवस्थामा सरकारको स्थायित्व माथि प्रश्न उठाउने मनसाय युक्त आवाज कोहि कसैले प्रस्तुत गर्नु सान्दर्भिक हुदैन ।

सरकार परिबर्तन नगर्ने हामी सबैको प्रतिबद्धता सहितको बटमलाइन हुनुपर्छ । अहिलेको सन्दर्भमा सरकारको स्थायित्व माथि प्रश्न उठाउनु बान्छनिय हुँदैन, किन कि नेपाल फेरि अस्थिरता तिर गयो भन्ने कुरा कुनैपनि नेकपाका नेता, कार्यकर्ता र जनताको मनोबिज्ञानमा पर्न दिनु हुँदैन । आज हामीले हाम्रै र निकै उपल्लो कमिटीका नेताहरुबाट सरकार परिबर्तनका कुराहरु सुन्नुपर्दा उदेक लाग्छ कि चुनावमा जनतासंग जादा स्थायित्वको कुरा गरेका थियौ। सुखी नेपाली , समृद्ध नेपालको नारा गुन्जाएका थियौ यसरी जनतालाई बिश्वास दिलाएर लिएको मतको अपमान गरियो भने हामी माथी जनताको अबिस्वास पक्कै बड्ने नै छ ।

यसैले बर्तमान नेतृत्वको अबिस्वास गरेर आन्तरिक कलहमा रुमल्लिन थालियो भने यस्तो कार्यले पार्टीको मात्र अहित गर्दैन कि यसले देशकै बिरुद्धमा पाटी र नेतृत्व छ भन्ने खालको सन्देश छरपस्ट हुन्छ र पाटी संगठन कम्जोर बन्न पुग्दछ भने जनबिस्वासमा समेत ठुलो खाडल पैदा गर्द्छ। हामीले यस्तो विषम परिस्थितिमा महाधिवेशनमा जसरी पार्टीमा जनमत लिने अवस्था सृजना गरेर पार्टी र सरकारको नेतृत्व फेर्न लागियो भने हामी हाम्रो देशलाई कसरी समृद्धि तिर लान सक्छौ।

वास्तविक अर्थमा भन्नुपर्दा अनेक राजनीतिक तथ्यलाई उजागर गर्नुपर्दा यतिखेर हाम्रो सरकार सम्पूर्ण रूपले पार्टीद्वारा चलाउने एकखाले कम्युनिष्ट शासनको मोडलमा पनि छैन र सरकार निर्माण भएपछि पार्टीको भूमिका आवश्यक नै छैन भन्ने खालको एकखाले पूंजीवादी शासनको मोडलमा पनि हामी छैनौ।

यसैले बर्तमानको परिस्थितिको गाम्भिर्यतालाई सुस्म ढंगले विश्लेषण गरेर हामीले पार्टी र सरकार सञ्चालनका आ(आफ्ना सीमालाई सिमाबद्द बनाउदै सरकार र पाटी वीच अधिकतम समन्वय ,सहकार्य र समझदारी कायम गर्दै आन्तरिक अन्तरबस्तुहरुलाई कसिलो बनाएर अगाडि बड्नुको अर्को उत्तम विकल्प छैन।जसरी नेपाली क्रान्तिको आफ्नै मौलिकता छ र विशिष्टता छ त्यसै गरि पार्टी र सरकार सञ्चालन गर्ने हाम्रो मोडल पनि आफ्नै मौलिकतामा र विशिष्टतामा आधारित हुनुपर्छ ।

यसले मात्र सरकार र पाटिलाई एकताबद्द ,अनुशासित र सृजनात्मक बनाउछ। हामीले चाहे अनुसारको एकता,सांगठनिक कृयासिलता, मनै भित्रको भावनात्मक एकता ,निस्वार्थता,सामुहिकता,शालीनता , एक अर्काबिच आत्मियता, गोप्यनियता,सहयोगी भावनाको बिकास गर्दै त्यही जगमा टेकेर देश र जनताको पक्षमा निरन्तर काम गर्दै अगाडि बड्दा मात्र बर्तमानमा अबस्थामा सफलता प्राप्त गर्न सक्ने बस्तुगत यथार्थलाई आत्मासाथ गरौ,लोकतन्त्रको सहि उपयोग गरौ, पारदर्शी काम गरौ तर नाङ्गो तरिकाले अभिव्यक्ति सार्बजनिक नगरौ।

आज सम्म प्राप्त भएका उपलब्धिहरुको रक्षा र बिकास गर्दै बिभिन्न रुपले अनेकौं चुनौतीहरुको सामुहिक ढंगले सामना गरि प्राप्त अबसरहरुलाई उपयुक्त तरिकाले नेतृत्व गर्न सक्ने कोरोना बाट थङथिलो हुदै गएको अर्थतन्त्र बाट आगामी दिनहरुमा आउन सक्ने संकटका विरुद्ध लडन सक्ने आत्मनिर्भर जनशक्ति निर्माण गर्दै उत्पादनका साधन र स्रोतलाई उचित उपयोग गरि समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्नका लागि प्रधानमन्त्री के पि ओलि नेतृत्व आबश्यक छ भन्ने कुरालाई सहजै स्वीकार गरौ र यो विषम परिस्थितिमा अर्को विकल्पको खोजी आफैमा हास्यास्पद हुने भएकाले अहिलेको सन्दर्भमा ओलि को विकल्प ओलि नै हो भन्ने कुरालाई आत्मासाथ गर्दै अघि बढौ।

लेखक नेकपा खोटाङका नेता तथा दिरुमनपाका राजनीतिक सल्लाहकार हुनु हुन्छ ।

तपाईको प्रतिक्रिया