खोटाङका जनप्रतिनिधीको टोली कुलमान सँग

Halesi Khabar

हलेसी खबर सम्वाददाता

खोटाङ । खोटाङ जिल्लाबाट गएका जनप्रतिनिधीको टोलिले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई भेटेर खोटाङ जिल्लाको विद्युतको अवस्थाका बारेमा जानकारी गराएका छन् । खोटाङ जिल्लाबाट संघिय संसदमा निर्वाचित सांसद विशाल भट्टराईको नेतृत्वमा गएको टोलिले जिल्लामा भईरहेको विजुली विस्तार अभियानका बारेमा जानकारी गराउँदै खोटाङलाई प्राधिकरणको तर्फबाट राखेको प्राथामिकिकरण तथा बजेट विनियोजनको अवस्थाका बारेमा जिज्ञासा राखेका छन् ।

दुई वर्षभित्र जिल्लालाई अँध्यारोमुक्त जिल्ला बनाउने अभियान रहेको सुझाउँदै प्राधिकरणको तर्फबाट हुने सहयोगका लागि टोलिले आग्रह गरेको छ । अहिले भईरहेको विद्युत विस्तारमा स्थानीय तहबाट गर्ने सहयोगमा कुनै किसिमका कसर बाँकी नराख्ने भन्दै प्राधिकरणले समेत बजेट विनियोजन गर्दा खोटाङलाई प्रागामिकतामा राख्न अनुरोध गरिएको प्रतिनिधि मण्डलमा सामेल खोटाङ जिल्लाबट प्रदेश सभाका सांसद सांसद राजन राईले जानकारी दिए । साथै खोटाङ जिल्लाको हुर्लुङमा विगत दुईवर्ष देखि विद्युतको पोल थुप्रिरहेको भन्दै यसलाई चाँडै उपयोग गर्न सुझाव दिएका छन् ।

खोटाङ जिल्लाको दक्षिण क्षेत्रका कतिपय गाउँपालिकामा हाल सम्म पनि केन्द्रिय प्रशारणको विद्युत विस्तार हुन नसकेको भन्दै उक्त क्षेत्रलाई प्राथामिकता राखेर काम अगाडि बढाउनु पर्ने सुझाव राखिएको खोटाङ जिल्लाबाट निर्वाति अर्का प्रदेश सभा सांसद रामकुमार राई पासाङले बताएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले आफ्नो नगरपालिकाको कतिपय वडाहरुमा विद्युत विस्तार गर्न कठिनाई रहेकाले उचित पहल लिन आग्रह गरेका थिए ।

जवाफमा बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले हुर्लुङमा रहेको विद्युतको पोलको बारेमा कार्यलयवाटै खोटाङ जिल्लाका विद्युत प्राधिकरण शाखामा टेलिफोन गरी यसलाई तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका थिए । उनले उक्त कामको बारेमा टेण्डर भईसकेको र काम अगाडि बढीसकेको समेत जानकारी दिएका छन् । यस्तै काठको पोललाई पूर्णरुपमा विस्थापित गर्ने अभियानमा स्वयम प्राधिकरण रहेको जनाउँदै उनले दुईवर्ष भित्र सबैकुराको समाधान भईसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यस्तै अहिले खोटाङ जिल्लालाई विनियोजन गरेको रकमलाई निरन्तरता दिँदै आगामि चैत्र वैसाख पुनः बजेट तर्जुमा गर्दा खोटाङ जिल्लालाई प्राथामिकतामा राखेर काम अगाडि बढाईने समेत घिसिङले आस्वासन दिएका छन् ।

प्रतिनिधी मण्डलमा खोटाङ जिल्लाका संघीय सांसद विशाल भट्टराई, प्रदेश सांसदद्धय राजन राई र रामकुमार राई ( पासाङ), दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजाल, उप प्रमुख विणादेवि राई लगायत जिल्लाका अगुवा नेता कार्यकर्ता तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया