कविता : आँशु

Halesi Khabar

– भिम राई (माक्पाली कान्छा)

अँ उ त्यो हो मेरो घर
त्यहि छ
मेरो चिहान घारी
नजिकै गाडिएको छ
मेरो आत्मा
भौतिक शरीर मात्र
बोकि रहेको छु
अहिले
विचार विहिन
छाला र हड्डी
एक थुप«ो मासु
मात्र छ मसँग
त्यसैले
दिएका छैनन आफन्तहरुले
श्रद्वाञ्जली

मलाई मारेका हुन
मेरा आत्मलाई
चकना चकना पारेर
खुर्मुराएर
हालेका हुन खाल्डोमा
थिचेका छन्
जाल झेलको सामराज्यले
सारा षडयन्त्रले
पुरेका हुन
मलाई

मेरो आत्माको
मृत्यु भएदेखि
मैले छाडेको छु
भावनाका कुरा
माया, प्रेम, दया, करुणा र सदभाव
जस्ता लोकाचारे प्रवृत्ती

अहिले म आँशु बेच्न थालेको छु
बजारमा
प्रेमलाई खरिद बिक्रिका लागि
वन, बुट्यान र पार्कहरुको
होलसेल पसलमा खोलेको छु
दया, माया भन्ने कुरा
बेचेर
रुपैया र पैसाको
ईँटा हालेर
बनाउनु छ मैले
सुन्दर महल

किन कि
यो समय पुँजीवादको हो
पुँजीवादमा
आँशु पनि किन्नु पर्छ
हाल्नुन
अनलाईनमा

तपाईको प्रतिक्रिया