सरकारलाई प्रशासनिक संयन्त्रलाई अनुशासित तुल्याउन नेता नेपालको सुझाव

Halesi

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० वरिष्ठ नेता माधवकुमार नेपालले प्रशासनिक संयन्त्रलाई अनुशासित तुल्याउन सरकारलाई सुझाव दिनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो वार्षिक साधारणसभामा आज उहाँले काम नगर्नेलाई दण्डित गर्न तथा अनुचित रूपमा पदको दुरुपयोग गर्नेलाई सजाय गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले भन्नुभयो, “अराजकतालाई नियन्त्रण गरिएन भने राज्य कमजोर हुन्छ, अहिले डर भन्ने कुरा हराएको छ, गलत काम गरे भने मलाई सजाय हुन्छ भन्ने कुरा रहेन ।” कम बोल्ने अरुका कुरा धेरै सुन्ने बानीको विकास हुन आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “राज्यबाट विषयवस्तुको अध्ययन, अनुन्धान, अनुगमन, मूल्याङ्कन र दण्ड सजायको व्यवस्था हुन आवश्यक छ ।”

विना मेहनत रातारात धनी हुने प्रवृत्ति अहिले हाबी हुँदै गएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकेसम्म जनताले सहजरूपमा सेवासुविधा प्राप्त गर्न र राज्य विकासको पथमा अघि बढ्न सक्दैन भन्नुभयो ।

तपाईको प्रतिक्रिया