रोम / कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले नेपालको कृषि क्षेत्रको बिकास र सम्भावना बारे संबोधन गरेकी छिन । विश्व खाद्य तथा कृषि संगठन (एफ.ए.ओ.) ध्दारा आयोजित LAUNCH OF THE STATE OF THE WORLD’s BIODIVERSITY FOR FOOD AND AGRICULTURE कार्यक्रममा संबोधन गरेकी छिन ।
नेपालले खाद्य र कृषिको लागी विश्वको जैविक विविधता सम्बन्धि रिपोर्ट तयार पारेको र उक्त रिपोर्ट जेनेटीक रिसोर्स कमिसनमा पेस गरीसकेको जानकारी गराएका थिए । नेपालले भर्खरै खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार सम्बन्धि कानुन बनाएको र जैविक विविधताको क्षेत्रमा बाली ,पशुपालन ,मत्सेपालन ,बनजङ्गल लगायत सम्बन्धि जैविक स्रोतहरुलाइ संगसंगै लिएर जाने निति लिएको मन्त्री चौधरीले बताएकी थिइन् ।
विविध जलवायु परिवर्तनको कारणले गर्दा नेपालले अनुव्ंसिक स्रोतहरुमा अत्यधिक बिबिधता पाएको जानकारी राज्य मन्त्री चौधरीले बताइन ।नेपालले अन्तर्राष्ट्रिय सन्धिहरुको पालना गर्न जैविक विविधता निति ,राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्यन्वयन योजना ,राष्ट्रिय कृषि निति ,कृषि बिकास रणनीति ,राष्ट्रिय बीउ निति बनाइ अगाडी बढीरहेको मन्त्री चौधरीले बताइन । कुनै पनि राष्ट सबै कुरा गर्न सक्क्षम छैन तसर्थ हामी सबै मिलेर जानुको विकल्प छैन । यस सन्दर्भमा म यहाहरुलाइ के ढुक्क बनाउन चाहन्छु भने नेपाल अन्तर्राष्ट्रिय स्तरमा भएका जैविक विविधता सम्बन्धि सन्धि र महासन्धिको अलवा दिगो बिकासका लक्ष्यहरु हासिल गर्ने कुरामा कटीबध्द रहेको छ र रहने छ राज्य मन्त्री चौधरीले बताइन् । पाँच दिने genetic resources for food and agriculture कार्यक्रम आज बाट सकिने राज्य मन्त्री चौधरीका स्वकीय सचिव ङामुङ्हाङ मेनाङ्ग्बोले बताएका छन ।