काठमाडौं । खानेपानीमन्त्री विना मगरले पुन टेण्टर आह्वान गरेर मेलम्चीको पानी काठमाडौं ल्याइने बताएकि छिन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धीत प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै मन्त्री मगरले सीएमसीले आयोजनाको कामबिचमै छोडेर हिडेपछि केही अन्यौल उत्पन्न भएको भएपनि पुनस् टेण्टर आह्वान गरेर बाँकी काम सम्पन्न गरी मेलम्चीको पानी काठमाडौं ल्याइने प्रतिबद्वता गरेकि छिन् ।
उनले मिडियाले गलत ढंगले आफ्नोविरुद्ध प्रचारवाजी गरेको भन्दै आपत्ती जनाएकि थिइन् । आफु आएपछि सीएमसीलाई मन्त्रालयबाट ८४ करोड १५ लाख रुपैयाँ भुक्तानी भएको भन्दै उनले ‘मन्त्रीले एक अर्ब खायो ’भनेर मिडियाले प्रचारवाजी गरेको गुनासो गरिन् ।
सांसद डिला संग्रौला पन्तले मेलम्ची खानेपानी आयोजनाद्वारा वितरित खानेपानी काठमाडौं बासीले कहिले पिउन पाउछन् भनी प्रश्न गरेका थिए । मन्त्रीको जवाफपछि सांसद पन्तले सीएमसी कम्पनी किन फर्कियो रु जिम्मेवारीबाट हटाइएका सचिवबाट के कुरा मिलेन रु भनी पुरक प्रश्न गरेका थिए ।
त्यसैगरी सांसदहरु राजेन्द्र कुमार केसी, महेश बस्नेत, गगन थापा, प्रेम सुवाल, बहादुर सिंह लामाले पनि मन्त्रीलाई पुरक प्रश्न गरेका थिए ।