पोखरा । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले निर्माण कम्पनीले तोकिएको समयमा गुणस्तरीय निर्माण गर्नुपर्ने बताउनुभएको छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षणका क्रममा उहाँले रासससँग सङ्क्षिप्त कुरा गर्दै निर्माण कार्यको तीब्रतसँगै विमानस्थल समयमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारीले नयाँ सरकार गठनका क्रममा दुई प्रतिशत निर्माण मात्र भएको विमानस्थल एक वर्षको अवधिमा २८ प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
सन् २००० मा निर्माण कार्य सम्पन्न भई २०२१ को जनवरीमा परीक्षण उडान गर्नुका साथै फेब्रुअरिदेखि सञ्चालनमा आउने विश्वास व्यक्त गर्दै उहाँले विमानस्थल सञ्चालनसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पोखरा विमानस्थल आयोजना प्रमुख दिनेश मुनाकर्मीले हालसम्म भएका गतिविधिबारे जानकारी दिँदै आगामी चैत महीनासम्म धावनमार्ग निर्माण हुने बताउनुभयो ।