एनआरएनएलाई सामुहिक लगानी गर्न अर्थमन्त्री खतिवडाको आग्रह

Halesi

काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ युकेले आयोजना गरेको कार्यक्रममा मन्त्री खतिवडाले गैरआवासीय नेपालीलाई नेपालमा लगानीको उपयुक्त अवसर भएको भन्दै सामूहिक लगानी कोष मार्फत लगानी गर्न आग्रह गरेका हुन् ।

नेपालीले उपयोग गर्न सक्ने र सुविधाका सामान मात्र अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट लैजान आग्रह गर्दै उनले विमानस्थलमा भन्सार जाँचपास सहजीकरण भएको बताए ।

 

 

 

तपाईको प्रतिक्रिया