खोटाङ । खोटाङमा ट्याक्टरले किचेर एक बालिकाको मुत्यु भएको छ ।मृत्यु हुनेमा खोटेहाङ गाउँपालिकाको वडा नम्बर–५ बडकादियाले घर भएकी –१२ वर्षिया सविता नेपाली रहेकि छिन् ।
नेपालीलाई विद्यालयबाट घर फर्कनेक्रममा ट्याक्टरमा चडेको र ट्याक्टरबाट लडेर भुईमा झरेपछि सोही ट्याक्टरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बालिका भाषा आधारभूत विद्यालय कक्षा–७ मा अध्ययनरत थिईन् ।
ट्याक्टर चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।