ट्रक दुर्घटना हुँदा घटनास्थमै दुई जनाको मृत्यु

Halesi

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकामा आज ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थमै मृत्यु भएको छ ।

अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ख १६५१ नंको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार बारा निजगढ नगरपालिका–८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामाको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मैदा लोड भएको ट्रक अनियन्त्रित भई रूखमा ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । ट्रक चालक बाराको निजगढ नगरपालिका–८ बस्ने २१ वर्षीय शौरभ लामा घाइते भएका छन् । उनको कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया