गाईघाट । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गणतन्त्र र सङ्घीयता स्थापना भएसँगै सरकार मात्र फेरिएको नभएर देशको सम्पूर्ण राजनीतिक प्रणाली नै फेएिको बताउनुभएको छ । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा उच्चमाविमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालमा अहिले पुरानो सरकार भङ्ग भएर दुई तिहाइको नयाँ सरकारमा मात्र फेरिएर आएको हैन, पूर्ण रुपमा हिजोका पुराना राजनीतिक प्रणाली हटाएर नयाँ प्रणाली स्थापना भएको छ ।”
सो अवसरमा उप्रधानमन्त्रीले उदयपुर जिल्लालाई देशको ४८औँ साक्षरता जिल्ला घोषणा गर्नुभयो । उहाँले तीन तहको सङ्घीयता र तीन तहको सरकार भएकाले अधिकारका विषयलाई लिएर अन्योलता देखिएको भए तापनि केन्द्रीय सरकारले नयाँ सङ्घीय कानूनहरु निर्माण गरिरहेकाले चाँडै अन्योलता अन्त्य हुने धारणा राख्नुभयो । उपप्रधानमन्त्री पोखरेलले वर्तमान सरकारले हिजो चुनावअघि जे–जे विषय पार्टीको घोषणापत्रमा राखियो तथा सरकार गठनपछि जे–जे गर्छु भनियो सोही अनुसार सरकार निरन्तर रुपमा अगाडि बढिरहेको दाबी गर्नुभयो ।
उहाँले आगामी आवदेखि वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता प्रतिमहीना प्रतिव्यक्ति पाँच हजारका दरले वृद्धि गर्ने र ५ वर्षभित्र नेपालमा ७५ प्रतिशत प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासमा पु¥याई शिक्षा विकासको कार्य सम्पन्न गर्नेसमेत नीतिका साथ वर्तमान सरकार अगाडि बढिरहेको धारणा व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले सुरक्षा, देशको रक्षा गर्न कटिबद्ध रहेको भन्दै आगामी ५ वर्षभित्र देशमा ५० प्रतिशत युवालाई स्वदेशमा नै स्वरोजगार बनाउने अभियानमा सरकार लागिपरेको उल्लेख गर्नुभयो ।