काठमाडौँ। केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाको आजको बैठकमा विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसअघि उहाँले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तावमाथि आजै भएको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उहाँले मन्त्री ढकालले सम्बन्धित कानून बनाउँदा सांसदले दिनुभएको सुझावसहित परिमार्जन गरिने प्रतिबद्धता जनाउनुभयो । छलफलमा सांसद प्रेम सुवालले न्यायालयको काम व्यवस्थित र पारदर्शी हुन नसकेको, शिक्षा निःशुल्क भने पनि कार्यान्वयन हुन नसकेको, विद्युत् चोरेर बाल्नेलाई केही कारवाही हुन नसकेको, ऐन संशोधनमा यस्ता विषयमा आवश्यक व्यवस्था गर्न माग गर्नुभएको थियो ।