एकवर्षमा समृद्धिको आधार तय भयो – प्रधानमन्त्री

Halesi

काठमाडौं, फागुन २
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालले देशलाई समृृद्ध बनाउनका लागि आधार तयार भएको बताउनु भएको छ । उहाले ९ महिनाको सरकार जस्तो हतार हतारमा काम गर्ने बानी परेकाहरुका लागि केही नलागेपनि आधार भने तय गरेको बताउनु भएको हो ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक वर्षे कार्यकालमा भए गरेका कामहरु सार्वजनिक गर्नुभएको छ ।
उहाले आफ्नो पहिलो बर्षको कार्यकालमा विकास निर्माण, संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, संविधान अनुसार मौलिक हकको कार्यान्वयनलगायतका काम गर्न सफल भएको बताउनु भयो । २५ कानुन पारित, २३ विधेयक विचाराधिन २४ विधेयक प्रस्तुत भएको र लगानी मैत्री वाताबरणका लागि ऐन परिमार्जनको तयारी भएको जानकारी गराउनु भयो ।

औद्योगिक क्षेत्रको विस्तार, उद्योग दर्ता एकल सेवा केन्द्रको तयारी भएको तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि आह्वान गरेको प्रधानमन्त्रीले बताउनु भयो । त्रिवि विमानस्थल २४ घण्टा सञ्चालन तथा अन्य विमानस्थलहरु पोखरा,लुम्बिनी, तथा निजगढ विमानस्थलको निर्माण तथा सञ्चालन गर्न तीव्र तयारी भएको प्रधानमन्त्रीले आफ्नो उपलव्धिका रुपमा व्याख्य गरेका छन् । त्यस्तै ८७ वटा पुल, ४१७ झोलुङगे पुल बनाएको, तथा जयनगर जनकपुर रेल सेवा सञ्चालनको काम भएकाले विकासले तीव्रता पाएको प्रधानमन्त्रीको भनाई छ ।

तपाईको प्रतिक्रिया