के का लागि दियो काठमाडौं महानगरले नौं नगरपालिकालाई एक-एक करोड रुपैयाँ ?

Halesi

काठमाडौं । काठमाडौं महानगरपालिकाले मातहतका नौं वटा नगरपालिकालाई १/१ करोड रकम हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी काठमाडौं महानगरपालिकाका प्रमु्ख विद्यासुन्दर शाक्यले उपत्यकाका नौं वटा नगरपालिकालाई ‘नगर–नगर साझेदारी’ कार्यक्रम अन्तर्गत १/१ करोड रकम हस्तान्तरण गरेका हुन् ।

हरेक नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने परियोजनामा खर्च गर्ने गरी यो रकम महानगरपालिकाले सबै नगरपालिकालाई हस्तान्तरण गरेको महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । आचार्यका अनुसार दिईएको बजेट तोकिएको परियोजनामा खर्च नगरे सम्बन्धित नगरपालिकाले ब्याजसहित फिर्ता गर्नुपर्ने सर्त पनि राखिएको छ ।

तपाईको प्रतिक्रिया