खोटाङ । खोटाङको दक्षिणी क्षेत्रको बिमानस्थल थामखर्क उद्घाटन हुने भएको छ । कालोपत्रे गर्ने काम सम्पन्न भएकोले आगामी माघ २८ गते उद्घाटन हुने प्रतिनिधिसभाका सदस्य विशाल भट्टराइले जानकारी दिएका छन् ।
विमानस्थल संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीज्युबाट बिधिवत रुपमा उद्घाटन हुने भएको छ । उद्घाटन भए लगतै नियमित उडान हुने भएको छ ।
थामखर्क विमानस्थलमा झन्डै १० करोड लागत लागेकाे सांसद भट्टराइले जानकारी दिए ।
उत्त विमानस्थल १८ महिनादेखि बन्द भएकाे थियाे ।