अगामी दुई वर्षमा प्रदेशको सय वटा विद्यालयमा प्राविधिक शिक्षाः मुख्यमन्त्री राई

Halesi
0 Shares

विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान गरिने बताउनुभएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालयको आज स्वर्ण महोत्सवको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले विकास र समृद्धिको यात्रामा देशमा धेरैभन्दा धेरै दक्ष जनशक्ति उत्पादन गर्न सामुदायिक विद्यालयमा जीवनोपयोगी र सीपमूलक शिक्षा प्रदान गर्न प्रदेश सरकार लागिपरेको जानकारी गराउनुभयो ।  उहाँले प्राविधिक शिक्षाका लागि व्यावसायिक तालीम केन्द्रहरु स्थापना गर्ने कार्यक्रम बनाउने काम भइरहेको बताउनुभयो । अगामी दुई वर्षमा प्रदेशमा १०० वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा शुरु गरिने उल्लेख गर्दै उहाँले शैक्षिक क्षेत्रलाई राजनीतिकबाट मुक्त गर्न शिक्षा क्षेत्रमा आमूल परिवर्तनका खाका तयार भइरहेको जानकारी गराउनुभयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन प्रदेश सरकारको अहिलेको चुनौती रहेकाले सामुदायिक विद्यालयप्रति अभिभावकको रुचि बढाउन अङ्ग्रेजी माध्यममा पठनपाठनको व्यवस्था मिलाइने बताउनुभयो । उहाँले चालू आव प्रदेशमा एक हजार ३०० विद्यालयमा ई–इजुकेशन शुरु गरिने प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया