५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिव टुंगो लाग्यो

Halesi
0 Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव, सहसचिव र उपसचिवको समायोजन सम्पन्न गरेको छ। मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई समेटेर ५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिवको समायोजन गरेको प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। ‘५६ जना सचिवलाई संघीय सेवाअन्तर्गत कार्यरत रहनेगरी पत्र दिइएको छ। ६६२ सहसचिवलाई पनि परिचालन गर्ने प्रस्ताव मन्त्रिपरिषदले पारित गरेको छ’, उनले भने।

मन्त्रालयले उपसचिवहरुलाई केही दिनभित्रै स्वास्थ्य, कृषि, इन्जिनियरिङ्ग र शिक्षा लगायतका क्षेत्रमा समायोजनको तयारी गरिरहेको बताउँदै प्रवक्ता अधिकारीले तल्लो तहका कर्मचारीको पनि समायोजन प्रक्रिया चलिरहेको बताए।

तपाईको प्रतिक्रिया