केशव भावुकले आधा दर्जन गीत गाउँदै

Halesi

काठमाडौ, १८ माघ : चर्चित गायक केशव भावुकले चाँडै नै नेपाली दर्शक तथा श्रोतामाझ करीव आधा दर्जन गीत गाउने भएका छन् । हालसम्म डेढ सय भन्दा बढी (चलचित्र, आधुनिक, लोकगीत, साकेला) गीत गाईसकेका भावुकले एक महिनाभित्रमा एकैसाथ धेरैवटा गीत गाउने भएका हुन् ।

गायक भावुकले दिएको जानकारी अनुसार अब आउने गीतहरु ‘दुख्छ मुटु धड्की धड्की…, हामी सोल्माली, हामी खोटाङ्गेली….., यही धर्तीको बास छ….., यस्तै रैछ जीवन यस्तै रैछ माया….., एक चिलिम ……, स्वर्ग रुपी मुहार…..’ बोलको गीत गाउने भएका हुन् । आफ्नै स्वर र संगीतमा उक्त गीतहरुलाई युके निवासी सुधा मरठ्ठा, विक्रम अनन्त, केशव भावुकले लेखेका छन् ।

खोटाङको सोल्मामा जन्मिएका भावुक सानै उमेरदेखि गीतसंगीतमा रुची राख्ने व्यक्ति हुन् । एक वर्षअघिदेखि गीत गाउन थालेका भावुकले गाएका सबै गीत कर्णप्रीय छन् ।

तपाईको प्रतिक्रिया