प्रोत्साहन भत्ता नदिए कार्यक्षेत्र छाड्ने पुनः निर्माणमा खटिएका इन्जिनियरको चेतावनी

Halesi

खोटाङ, १५ माघ ः सरकारले यसअघि दिँदै आएको प्रोत्साहन भत्ता नदिएको भन्दै राष्ट्रिय पुनः निर्माण प्राधिकरण प्राविधिक तदर्थ समिति खोटाङले जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । आफूहरुले पाउँदै आएको भौगोलिक तथा प्रोत्साहन भत्ता बिगत सात महिनादेखि नपाएको भन्दै जिल्लामा खटिएका ४८ जना इन्जिनियरले मङ्गलबार कार्यालयका निमित्त प्रमुख प्रमुख ध्रमेन्द्र झालाई ज्ञापनपत्र बुझाएको हो ।
उनीहरुले यसअघि पाउँदै आएको भत्ता आगामी दिनमा मासिक रुपमा उपलब्ध गराउनुपर्ने, स्वास्थ्य तथा दुर्घटना बीमा तत्काल गरिनुपर्ने, स्वास्थ्य तथा सुरक्षाको ग्यारेण्टी हुनुपर्ने, स्थायित्व र निरन्तरताको व्यवस्था हुनुपर्ने, हरेक स्थानीय तहमा शाखा कार्यालय स्थापना गर्नुपर्ने, इन्जिनियरका लागि आवश्यक सामग्री तत्काल उपलब्ध गराइनुपर्ने, उनीहरुका लागि आवश्यक तालिमको व्यवस्था गरिनुपर्ने र स्थानीय तहमा मेसन लगायतका तालिम सञ्चालन हुनुपर्ने माग राखेका छन् । जिल्लामा लामो समयसम्म गति लिन नसकेको भूकम्प सम्बन्धी पुनः निर्माणका कामलाई आफूहरु आएर कार्यक्षेत्रमा अहोरात्र खटेर ७५ प्रतिशत पु¥याउँदा पनि सरकाले चासो नदिएको ज्ञापनपत्रमा उल्लेख छ ।
आफूहरुले राखेको माग तत्काल पूरा नगरे कार्यक्षेत्र छाडेर संघर्षमा उत्रने तदर्थ समितिका संयोजक इन्जिनियर राम मल्ले बताएका छन् । इन्जिनियरले बुझाएको आठ बुदे ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख झाले सम्बन्धित निकायुम्म पु¥याएर सहयोग गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया