दीपक मनाङेले लिए सांसदको सपथ

Halesi

पोखरा । गण्डकी प्रदेशको प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिएका हुन्। निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र उनको सपथ भएको हो।

गण्डकी प्रदेश सभामुख नेत्र अधिकारीले उनलाई सपथ गराएका थिए । मनाङे मनाङको ख प्रदेशबाट स्वतन्त्र उमेदवारी दिएर निर्वाचित भएका हुन् । फौजदारी मुद्दा लागेका कारण उनी जेलमा भएकाले सपथ लिन पाएका थिएनन् ।

केही अघि अदालतको आदेशले जेलबाट रिहा भएका उनले सपथका लागि प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए । सपथ समारोहमा कांग्रेस, नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाका सांसद भने सहभागी थिएनन् । सरकारका केही मन्त्री, उपसभामुख र नेकपाका प्रमुख सचेतक लगायत सपथ समारोहमा सहभागी थिए ।

तपाईको प्रतिक्रिया