निर्मला हत्या प्रकरणः विशेष टोली बनाउन सिफारिस, एकै पटक बाबुछोराकै डिएनए परीक्षण गर्नु गलत

Halesi
0 Shares

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको भेजिनल स्वाबको नमुना परिक्षणको संकलन प्रक्रिया नै गतल रहेको जनाएको छ । कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया पन्तको गत साउनमा बलात्कारपछि हत्या गरिएको थियो । ‘सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरिएको पाइयो । यस्तो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न सकिने अवस्था छैन । यसरी संकलन गरी टेस्ट्युबमा राखदा पर्याप्त मात्रामा डिएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही आउन नसक्ने जस्ता समस्या रहेको पाइयो ।

एकै पटक बाबुछोराकै डिएनए परीक्षण गर्नु गलत

सो हत्या प्रकरणमा संकलित प्रमाण संंकलित प्रमाण भेजिनल स्वाबको नमुना परिक्षणमा बाबुछोराको एकैपटक डिएनए परीक्षण गर्नु गलत भएको निष्कर्श आयोगको छ । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र उनका छोराको डिएनए एकैपटक परीक्षण गरिएको थियो । ‘बाबुछोराकै आपसमा नमिलेको भए त्यो परिवारको हालत के हुन्थ्यो होला रु त्यसकारण त्यो गलत भनिएको हो ।

तपाईको प्रतिक्रिया