निर्मलाको डिएनए परिक्षण बिधि नै त्रुटीपुर्ण रहेको मानवअधिकार आयोगको ठहर

Halesi

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले बलत्कारपछि हत्या गरिएकी कन्चनपुरकी बालिका निर्मला पन्तको अनुसन्धानमा नमुना संलकन र डिएनए परिक्षण बिधि नै त्रुटीपुर्ण रहेको निष्कर्ष निकालेको छ । आयोगका तर्फबाट गत कार्तिक २७ गते गठित विज्ञको समुहले अनुसन्धान गरी पेश गरेको प्रतीवेदनमा निर्मलाको अनुसन्धानमा भेजाईनल स्वाव संकलन गर्दा सिन्कोमा कपास बेरेर गरिएको उल्लेख छ ।
डिएनए परिक्षणका क्रममा पनि गलत र दोषि पत्ता नलाग्ने बिधि अपनाईएको आयोगको दावी छ । आयोगले पेश गरेको प्रतीवेदनमा भनीएको छ, – संकलन गरिएको भेजाईलन स्वाब टेष्ट ट्युवमा राख्दा प्रयाप्त मात्रामा डिएनए संकलन नहुने, डिएनए ह्रास हुँदै जाने र नष्ट हुने तथा परिणाम नआउने समस्या रहेको पाईयो । आयोगले आशंका गरिएकाहरुको डिएनए परिक्षण गर्दा व्यक्ति पत्ता नलाग्ने बिधि अपनाएर गरेको जनाएको छ ।

डिएनए परिक्षणका लागि प्रचलित तीन बिधिमध्ये वाईएसटिआर बिधि अपनाईएको छ । वाईएसटिआर बिधिबाट गरीएको डिएनए परिक्षणमा बंश वा समुह मात्र पहिचान गर्न सकिने आयोगले उल्लेख गरेको छ । आयोगले अपराधी पहिचानका लागि डिएनए परिक्षण गर्दा अटोसोमल एसटिआर बिधि अपनाउनुपर्ने सुझाएको छ । यो विधिबाट करणी गर्ने व्यक्तिको पहिचान हुने आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले सरकारलाई छुट्टै अपराध अनुसन्धान टोली गठन गरी प्रभावकारी अनुसन्धान गर्न निर्देशन दिएको छ । घटनाको अनुसन्धानका लागि ४ बुँदे सिफारिस तथा २४ बुँदे निर्देशन दिईएको छ । पन्तले बलात्कारपछि हत्या भएको ६ महिना हुँदा समेत हत्यामा संलग्न पक्राउ परेका छैनन् ।

तपाईको प्रतिक्रिया