छिमेकीको घरमा टेलिभिजन हेर्न गएकि बालिकाका मृत फेला

Halesi
0 Shares

विराटनगर । विराटनगर– ८ बलुवाहीकी ११ वर्षीया बालिका रुपमति दासको शव फेला परेको छ । उहाँको शव सिंघिया खोलामा नग्न अवस्थामा फेला परेको हो ।

दास शनिबार साँझदेखि हराइरहेकी थिइन् । उनको बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ । मृतककी आमा मन्नी देवीले छोरी छिमेकीको घरमा टेलिभिजन हेर्न जान्छु भनेर निस्किएलगत्तै बेपत्ता भएको बताउनुभयो । प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले घटनाबारे अनुसन्धान थालिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया