मोरङ, ११ माघ ः विकास ः समृद्धि र समाज रुपान्तरणको मुख्य बाधकको रुपमा लागू औषध र मदिरा सेवन मुख्य बन्दै गएको वक्ताहरुले बताएका छन् । गृह मन्त्रालयको संयोजनमा मोरङको पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा सुक्रबार भएको लागू औषध निषेध तथा मदिरा नियन्त्रण सम्बन्धी सचेतना एवं अन्तरक्र्रिया कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद केसी, प्रहरी प्रमुख एस.पी. मनोज केसी, उच्चस्तरीय लागू औषध नियन्त्रण राष्ट्रिय निर्देशन तथा समन्वय समितिका सदस्य प्रकाश राई, नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट लगायले बोलेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी निरीक्षक कमल बजगाईले लागू औषध तथा मदिरा सेवन बारे रिपोर्ट प्रस्तुत गरेका थिए ।
लागू औषध दुव्र्यसन, मादक पदार्थ सेवन, सवारी दुर्घटना, आत्महत्या महिला तथा बालबालिका हिंसा लगायतका समस्याहरु रहेको रिपोर्ट प्रस्तुत गरेका थिए । इलाका प्रहरी कार्यालयमा गएको आर्थिक वर्षमा महिलासँग सम्बन्धीत २०, जबरजस्ती करणी ११, लागू औषध ४, मदिरा सेवन गरी सवारी चलाएको बारे ९० वटा मुद्दा चलाइएको पनि बजगाईले प्रस्तुत गरेको रिपोर्टमा उल्लेख छ ।
यो वर्ष बालबालिका १३ जना हराएको प्रस्तुत भएको थियो । नगरमा ५१.७२ प्रतिशत आदिवासी जनजाति, ३३.३३ प्रतिशत, ब्राम्हण—क्षेत्री, दलित ११.६६, मुस्लिम ०.१६, तराईबासी अन्य सहित २.५५ प्रतिशत जनसख्या रहेको बजगाईले बताए ।
विभिन्न घटनामा मुद्दा चलाउने र प्रहरीको सम्पर्कमा आउने क्रम बढेको बजगाईले बताएका थिए । शैक्षिकस्तर र जनचेतना बढेकाले प्रहरीमा उजुरीको संख्या बढ्दै गएको उनले बताए । प्रमुख जिल्ला अधिकारी केसीले विकास र संमृद्धिको बाधक गरिबी, बेरोजगारसँगै लागू औषध तथा मदिरा सेवन साथै ओसारपसार रहेको बताए ।
प्रहरी प्रमुख एस.पी. मनोज केसीले प्रहरी बढीभन्दा बढी जनतासँग मिलेर काम गर्न चाहेको बताए । जनतासँग राय सुझाब र सुरक्षा सम्बन्धी जनचेतना दिन मोरङमा ‘जनतासँग चिया कार्यक्रम’ सञ्चालन भइरहेको बताए ।
उच्चस्तरीय लागू औषध नियन्त्रण राष्ट्रिय निर्देशन तथा समन्वय समितिका सदस्य राईले लागू औषध र मदिरा सेवन तथा ओसारपसार समाजवादको मुख्य दुस्मन रहेको बताए । नेपालको नयाँ संविधानले समाजवाद स्थापना गर्ने भनेपनि लागू औषध नियन्त्रण नभएसम्म त्यो पुरा नहुने राईको भनाइ थियो ।
समाजवाद र विकासको बाधक लागू औषध भएको वक्तहरुको दाबी
Halesi
तपाईको प्रतिक्रिया
- १. गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
- २. एमाले कोशी प्रदेशको लेखा समिति सचिवमा खोटाङका ओमप्रकाश, सदस्यमा ९ जना निर्वाचित
- ३. खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत, स्वास्थ्य अबस्था नाजुक
- ४. एमाले प्रदेश कमिटि उप–सचिवमा देवान राईको उम्मेदवारी
- ५. एमाले कोशी प्रदेश अधिवेशन : कार्यकर्तामा भिजेका घनस्यामको चुनौती ढकाललाई भारी पर्ने
- ६. सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला