परिचयपत्र बाँडेर अपाङगता दिवस

Halesi Khabar

हलेसी खबर ।
खोटाङ । खोटेहाङ गाउँपालिकाले अपाङगताको परिचयपत्र वितरण सुरु गरेको छ । २८ औं अन्तर्राष्ट्रिय अपाङगता दिवसको अवशरमा पालिकाले परिचयपत्र वितरण गर्न थालेको हो ।

गएको मंसिर ४ गतेदेखि ६ गतेसम्म सञ्चालन गरिएको घुम्ती शिविरमा आएका आवेदनको आधारमा गाउँपालिकाले मंगलबारदेखि अपांगताको परिचयपत्र वितरण सुरु गरेको जनाएको छ । २८ औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवशरमा मंगलबार खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका १७ अपांगलाई विभिन्न वर्गको परिचयपत्र वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष कविता राईले जानकारी दिएकी छन ।

परिचयपत्रका लागि प्राप्त भएको आवेदनका आधारमा गाउँपालिकाकी उपाध्यक्ष राई संयोजकत्वको अपांगता परिचयपत्र वितरण समन्वय समितिले गाउँपालिकाभरीका २४६ जनालाई अपांगताको परिचयपत्र वितरण गरेको छ । अन्य वडाका अपांगलाई पनि क्रमशः वडामै पुगेर परिचयपत्र वितरण गरिने गाउँपालिका उपाध्यक्ष राईले बताईन । गाउँपालिकाले अपांगता भएका व्यक्तीको परिचयपत्र वितरण कार्यविधि २०७५ अनुशार गाउँ–गाउँमा पुगेर शिविर सञ्चालन गरेको थियो ।

यस्तै, अन्तर्राष्ट्रिय अपांगता दिवसकै अवशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २३४ जनालाई अपांगताको परिचयपत्र वितरण गरिएको छ । दिवसको अवशर पारेर नगरपालिकाले फरक–फरक मितिमा १५ वडाका अपांगलाई परिचयपत्र वितरण गरेको जनाएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वडाका एकरएक जना कृषकलाई प्लाष्टिक टनेल पनि वितरण गरिएको छ । दिवसकै अवशरमा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका ९ जनालाई अपांगताको परिचयपत्र वितरण गरिएको छ । यस्तै दिप्रुङ चुईचुम्मा गाउँपालिकामा भुपराज कट्वालको अध्यक्षतामा ११ सदस्यीय पालिका स्तरिय अपांग संघ गठन समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया