उपनिर्वाचनमा नेकपा ‘सि ग्रेड’ ल्याएर उतिर्ण

Halesi Khabar

भिम राई

उपनिर्वाचन २०७६ सकिएर परिणामहरु धमाधम आईरहेको छ । निर्वाचनमा जित्ने र हार्ने कुरा स्वभाविक छ । विभिन्न नीतिहरुका माउ नीतिका रुपमा रहेको राजनीतिमा त झन हारजित कुनै नौलो कुरा हुँदै होईन । तर समस्या कहाँनिर हो भने पहिले र अहिलेको परिणामहरुले मूलुकमा दुईतिहाईको सरकार संचालन गरिरहेको सत्तासिन दललाई भने केहि सवब सिकाउन पुगेको छ । विगतको २०७४ को स्थानीय तहको निर्वाचनमा एक्ला एक्लै चुनाव लडेका पूर्व एमाले र पूर्व माओवादीहरुले जुन परिणाम हात पारेका थिए । अहिले दुईटै पार्टी एक भएर बनेको नेकपाले लडेको निर्वाचनको नतिजा निराशाजनक देखिएको छ । हिजो जस्तो अवस्थामा निर्वाचनमा जित निकालेको स्थानहरुमा आफ्नो विरासत जोगाउन नसक्नु जनताको विस्वासमा ह्रास आउनु हो भन्नु कुनै अफ्ठ्यारो मानिरहनु पर्छ जस्तो लाग्दैन । यसमा दोष र गुणहरु केलाउन जरुरी छ ।

स्थानीय तहको निर्वाचनमा एक्ला एक्लै लडदा आएको मतहरु पछिल्लो संघ र प्रदेशको निर्वाचनमा बाम गठबन्दन बनाएर जित निकालेको स्थानहरु सुरक्षित नहुनु भनेको जनताप्रति गरिएको जुन प्रतिवद्धता हो त्यसको अपेक्षित कामहरु गर्नु नसक्नुको कारण हुन् । अहिलेको शासन र सत्ता प्रति जनतामा व्यापक असन्तुष्टि रहेको प्रमाणकारुपमा यसलाई स्विकार्ने भन्दा अब कुनै विकल्प छैन । उप निर्वाचन भन्नु आफैमा दुईतिहाईको सरकार संचालन गर्ने नेकपा नेतृत्वको परिक्षा हो । यो परिक्षामा सि ग्रेडमात्र ल्याएर भएपनि नेकपा उतिर्ण चाँही भएको छ । यसले नेकपाको नेता कार्यकर्ताहरुमा एक किसिमको तरंग पैदा भएको छ । भने अब तीनवर्ष पछि आउने निर्वाचनको तयारी कसरी गर्ने भन्ने विषयमा गम्भिर हुनुपर्ने पाठपनि सिकाएको छ ।

नेताहरुले आफ्ना नातेदार र वरिपरि घुम्ने व्यक्तिहरुलाई मात्र नेतृत्वमा ल्याउने तथा प्राविधिक हिसाबले माात्र पार्टीको सदस्यता बढाउने । सैद्धान्तिक र वैचारिक हिसाबले प्रशिक्षित गरेर जनता सामु कार्यकर्ता पु¥याउन नसक्दा यो अवस्था सिर्जना भएको हो । यस्तो बेला दुईतिहाईले शासन गरिरहेको राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु जनताको विचमा गएर मत माग्दै गर्दा के बोल्ने भन्ने विषयमा समेत प्रशितिक्ष गरिएन । पार्टीले उठाएका समाजलाई रुपान्तरण गर्ने भनिएको ऐजेण्डाहरुको प्रगती के के भए भन्नेबारेमा कार्यकर्ता अनविज्ञ रहे । जसले गर्दा जनताको विचमा जानुपर्ने मुख्य कार्यकर्ताहरुले सुर्यमा भोट हालौँ भन्ने बाहेक अरु केही भन्न सक्ने अवस्था नरहे पछि यो परिणाम स्वभाविक देखिएको छ । किन सुर्यमा भोट दिने ? प्रश्नको उत्तर दिन कार्यकर्तालाई हम्मे हम्मे प¥यो । कतिपय कार्यकर्ताहरु आफ्ना गुटको उम्मेदवार नपरेको रिसमा विपक्षीको कोर्टमा खेल्न पुगे । राजनीतिक, वैचारिक र सैद्धान्तिक हिसाबले नेकपा भएका कार्यकर्ताहरुको भन्दा प्राविधिक हिसाबले कार्यकता भई पठाएकाहरुले जनताको घरदैलोमा पुग्दा प्रशिक्षित गर्न सकेनन् । उनिहरुले कांग्रेस र कम्युनिष्ट बिचको अन्तर छुट्टयाउन नसक्दा सुखद परिणाम आउन सकेन । यो नै प्रमुख कारण बन्यो ।

सत्ता र शक्ति दुवै भएको बेला विभिन्न ठाउँमा नया कार्र्यकर्ताहरु भर्नापनि भए । कतिपय अवस्थामा चाहेको योजनाको उपभोक्ता समितिको जिम्मा दिएर कार्यकर्ता बनाइएका पनि होलान् । कतिपय ठाउँमा सानातिनो ठेक्का पट्टाको काम दिएर पनि कार्यकर्ता भर्ना गरिएका छन् । यस्तो अवस्थाका कार्यकर्ताहरुले आफ्ना लागि केही समय पार्टीको झोला त बोक्लान तर सँधैभरी त्यो झोला भिरिरहन उनिहरुलाई गारो त भईहाल्छ । त्यस्तो बेला उनिहरुले साथ दिईरहन्छन भन्नेपनि हुँदैन । यस्तो पनि भएको हुनसक्छ । योजना दिएर बनाएको कम्युनिष्ट कार्यकर्ता त्यही योजना सम्पन्न हुनेवेला सम्म मात्र हो । जब काम सकेर योजना फरफराक हुनेबेला हुन्छ । त्यो बेला सम्म उसैगरी कार्यकता समेत फरफराक भईपठाउँछ । यस्तो प्रवृत्तिको कार्यकर्ता उत्पादन र परिचालनका कारणपनि परिणाम दुखद भएको हो ।

अर्को पार्टीभित्र रहेको चरम गुटबन्दी अर्को मुख्य कारण हो । फुटेर होईन जुटेरमात्र परिवर्तन संभव छ भनेर जुन आदर्शका साथ विगतमा पार्टी एकता भयो । त्यो एकतापछि गुटहरु थपियो । यसले कुन गुटबाट के आदेश आउने हो भन्ने कुराको पर्खाईमा कार्यकर्ताहरु बस्नु पर्ने बाध्यताको सिर्जना गरिन्छ । भित्रैदेखि एकताको कुरा नआएपछि समस्या त हुने भईगयो । नेकपा भन्ने पार्टी धेरैवटा गुटहरुको महासंघ जस्तोमात्र हुँदा पार्टीले यस्तो किसिमको परिस्थितीको सामना गर्नुपर्ने अवस्था आएको हो । पार्टी भन्दा कुन पट्टी भन्ने कुराले बहुत घर गरेकैले समस्या आएको हो । पूव एमाले पट्टी कि ? पूर्व माओवादी पट्टी भन्ने प्रश्नले सबै भन्दा ठुलो भरथेग गर्दा विस्मात मान्नुपर्ने परिणाम आयो ।

पार्टीभित्रको आन्तरिक जीवनलाई स्वस्थ बनाउन नसक्दा बाहिर विपक्षीहरुलाई खेल्न सजिलो बन्यो । निर्वाचन परिचालनको अनुभवहरु सम्हाल्नेहरुले निर्वाचनलाई खेलाईचि जस्तो लिएपछिको परिणामले अव नेकपाले केही नया शैलिको विकास गरेर सुधारिनु जरुरी छ ।
पार्टीले संगठनलाई राजनैतिक, वैचारिक र सैद्धान्तिक हिसाबले धारिलो बनाउन सक्नु पर्दछ । कम्युनिष्ट आदर्शको कुराहरुलाई नेता देखि कार्यकता सम्मले अनुशरण गर्न शुरुवात गर्नै पर्छ । निर्वाचनमा कतिपय अवस्थामा देखिएका अन्र्तघातका विषयहरु होलान यसको केस्रा केस्रा छाविन गरेर दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सक्नु पर्दछ । कांग्रेस र कम्युनिष्टबिचको फरक के भन्ने महशुस हुनेगरि सरकार वा सत्तामा रहेका प्रतिनिधीहरुले काम गरेर देखाउन सक्नु पर्दछ । सुशासनको कुरा व्यापक उठ्ने गर्दछ । भ्रष्टचारको व्यापक विरोध हुने गर्दछ । तर आफैभित्र मौलाईरहेको अपारदर्शी कामहरुको अन्त्य गर्नु पहलकदमी लिनु पर्दछ ।

अहिले देखिएको केही बचकना राजनीतिककर्मीहरुलाई वर्गविभेदका कुरा देखि पार्टीको राजनैतिक कार्यदिशाको बारेमा स्पष्ट बनाउन सक्नु पर्दछ । माक्र्सवादका आधारभुत कुराहरु लेनिन्वादका सांगठानिक नियमहरुको बारेमा देश व्यापी प्रशिक्षण तथा जागरणको कार्यक्रमहरु संचालन गर्न सकेमा फेरीपनि निराश हुनुपर्ने अवस्था भने रहन्न । जनवादी केन्द्रियताको कुराहरुलाई पार्टी सेल र पार्टी सदस्यको तहसम्म झार्न सकेमा बल्ल नेकपाको साख बचाउन सकिन्छ । स्थापित नेता र नेतृत्वको तहबाट सबै कार्यकर्ताहरुको हैसियत अनुसार समान अवसर र समान भुमिका प्रदान गर्दै नेतृत्वको सहि ढंगबाट विकास गराउन सकेमा देशलाई समृद्ध बनाउन सक्ने शक्ति आर्जन गर्न सकिन्छ । पुँजिवादलाई सहिगति दिएर समाजवाद तर्फ देशलाई डो¥याउने यो नै उत्तम विकल्प हो । यसैमा सबैको ध्यान केन्द्रित भएमा सफलता भने टाढा छैन ।

(लेखक ः प्रेस संगठनका केन्द्रिय सदस्य हुनुहुन्छ)

तपाईको प्रतिक्रिया