शुन्य समयमा कांग्रेसद्धारा पैसाको चलखेल

Halesi Khabar

स्थानीयले गराए कबुलियतनामा कागज

हलेसी खबर
शुक्रबार १३ मंसिर । खोटाङ जिल्लामा हुन लागेको उप निर्वाचनको शुन्य समयमा पैसा बाँढन गएका कांग्रेस नेताहरुलाई स्थानीयले लखटेका छन । खोटाङको साकेला गाउँपालिका वडा नं ३ खिदिमामा यहि १४ गते हुन लागेको वडाध्याक्ष पदको उप निर्वाचनको शुन्य समयमा कांग्रेस नेता सुवास पोखरेल, कांग्रेस क्षत्रिय सभापति तिर्थराज भट्टराई, लगायतलाई स्थानीयले घेराबन्दीमा पारेका थिए ।
निर्वाचनको शुन्य अवधीमा पालिका भन्दा बाहिरका कुनैपनि पार्टीका नेता कार्यकर्ता निर्वाचन हुने वडामा नछिर्ने सर्वदलिय सहमती गरेको भएपनि कांग्रेसका नेताहरुले यसलाई उलंघन गरेका छन् । सबै दलको जिल्ला तहका नेताहरु बसेर गरेको सहमतीको मसी सुक्न नपाउँदै यसको बर्खिलाप गरेको भन्दै नेकपा खोटाङले विरोध जनाएको छ ।

शुन्य अवधी शुरुभएको दिन मंसिर १२ गते कांग्रेसका नेताहरुले खिदिमामा पसेर अराजनीतिक हर्कत गरेको समेत बुभिएको छ । उनिहरुले कांग्रेससँग साईनो सम्बन्ध रहेका व्यक्तिको मलामी गएर गोजिबाट झण्डा झिकेर ओडाएको कुरा समेत बाहिर आएको छ । मृतकप्रति श्रद्धाञ्जली दिने स्थानमा पुगेर कांग्रेस नेताहरुले आफ्नै पार्टीको झण्डाको समेत दुरपयोग गरेका छन् ।

दिनमा गाउँमा भेटघाटमा व्यस्त बनाएका कांग्रेस नेताहरुले राती भने पैसा र रक्सी बोकेर गाउँमा पसेको जानकारी पाएपछि स्थानीयले पिछा गरेका थिए । उनिहरुलाई खिदिमा स्थीत साविक वडा नं ६ को काँडेमा स्थानीयले भेटाएका थिए । निर्वाचन आचारसंहिता विपरित कार्य गरिरहेको अवस्थामा फेला परेका उनीहरु घरको जस्केलाबाट निस्केर भागेका थिए ।

उनिहरु भाागेर गएपनि साकेला गाउन्ँपालिका वडा न४ का निर्वाचि वडा सदस्य तथा कांग्रेस नेता जीवन श्रेष्ठलाई भने स्थानीयले नियन्त्रणमा लिएर कागज गराएका थिए । उनले कागजमा अवाञ्छित गतिविधी स्वीकार गर्दै आवश्यकता पर्दा सुवास पोख्रेल, तिर्थ भट्टराई लगायतका उक्त घटनामा संलग्न नेताहरु उपस्थित गराउने कबुलियतनामा कागज समेत गरेका छन ।

तपाईको प्रतिक्रिया