खिदिममा हुने उपनिर्वाचनका लागि तीन दलले टुङ्ग्यो वडाध्यक्षको उम्मेदवार

Halesi Khabar

खोटाङ, १९ कातिक । साकेला गाउँपालिका–३ खिदिममा वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा तीन दलले उम्मेदवार टुङ्गो लगाएका छन् । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएपछि सो स्थानमा आगामी मङ्सिर–१४ गते उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्वर्गीय मणिकुमारकी श्रीमती शिवकला राईलाई वडाध्यक्षको उम्मेदवार घोषणा गरेको छ । यस्तै, नेपाली काँग्रेसले शुक्र तामाङ र समाजवादी पार्टी नेपालले रमेश राईलाई उम्मेदवार घोषणा गरेको छ ।

रिक्त वडाध्यक्ष पदमा आफ्नो उम्मेदवारलाई जिताउन तीनवटै राजनीतिक दललाई उपनिर्वाचनको चटारो शुरु भएको छ । जितका लागि नेकपा, नेपाली काँग्रेस र समाजवादी पार्टी नेपालका नेता तथा कार्यकर्ताको दौडधूप शुरु भएको छ ।

निमोनियाका कारण बिरामी परेका वडाध्यक्ष राईको गत वैशाख–९ गते राति मृत्यु भएको थियो । चैत ३० गतेदेखि बिरामी हुनुभएका ३९ वर्षीय वडाध्यक्ष राईको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउनेक्रममा बाटैमा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया