एम्बुलेन्स दुर्घटनाका घाइतेको अवस्था चिन्ताजनक, आर्थिक सहयोगको याचना

Halesi Khabar

खोटाङ, ४ असोज ः बिरामी बोकेको एम्वुलेन्स दुर्घटना हुँदा गम्भीर घाइते बन्नुभएका खोटाङका युवाको अवस्था चिन्ताजनक बनेको छ । जिल्ला अस्पताल खोटाङबाट बिरामी लिएर हिडेकोे ट १ झ ५०१ नम्बरको एम्वुलेन्स दुर्घटना हुँदा गम्भीर घाइते बन्नुभएकका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका—१ का ३५ वर्षिय युवराज आचार्यको अवस्थामा चिन्ताजनक बनेको हो ।

जिल्ला अस्पताल खोटाङबाट रेफर गरेको विरामी आफन्तलाई विराटनगर लैजाँदै गर्दा गत बिहिबार राति सप्तरी जिल्लाको कञ्चनपुरस्थित बेरियर भन्ने स्थानमा दुर्घटना भएको थियो । बिराटनगरको गोल्डेन अस्पतालमा उपचाररत गम्भीर घाइते युवराजको अझै होस खुल्न नसकेको भाइ ईन्द्र आचार्यले जानकारी दिनुभयो ।

घाइते आचार्यलाई बचाउन सकिने ३ प्रतिशत मात्र आशा रहेको अस्पताल स्रोतले बताएको आफन्तले जनाएका छन् । ईलाका प्रहरी कार्यालय कन्चनपुरका अनुसार भने गम्भिर घाइते आचार्यको शुक्रबार बेलुकी टाउकोको सफल शल्यक्रिया भएको छ ।

उपचारको लागि अस्पताल लैजाँदै गरिएको वृद्धा महिलाको अझै होस खुल्न नसकेको जनाइएको छ । राति करीब दुई बजेको समयमा रोकिराखेको ट्रिपरलाई ठक्कर दिँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का एम्बुलेन्स चालक ३६ वर्षीय गोविन्द ढुंगाना समेत भएको बताइएको छ ।

चालकको स्थानीय अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कन्चनपुरका प्रहरी निरीक्षक चन्द्र राजवंशीले जानकारी दिनुभयो । गम्भीर घाइते आचार्य दिक्तेलबजारस्थित सरस्वती माविमा सहयोगीको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

आचार्यको आर्थिक अवस्था न्युन भएकाले उपचारमा थप समस्या भएको उहाँका श्रीमती जानुका आचार्यले बताउनुभयो । आचार्यलाई बचाउन सकेको सहयोग गर्न आफन्तजन तथा सहयोगीलाई अपिल गरिएको छ ।

घाइते आचार्यको घरमा दुई नाबालक छोरा, श्रीमती र वृद्धा आमा रहनुभएको छ । घर अभिभावक नै दुर्घटनामा परेपछि परिवारको बिचल्ली भएको छ ।

खोटाङमा जन्मी युकेलाई कर्मथलो बनाइरहेका समाजसेवीहरुको संस्था खोटाङ सेवा समाजले जिल्लाका लागि सात वटा एम्वुलेन्स र दुई वटा भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको थियो । उक्त एम्बुलेन्समध्ये निर्मलीडाडाँलाई केन्द्र बनाएर सेवा प्रवाहका लागि दिइएको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

तपाईको प्रतिक्रिया