मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अध्यक्षमा दिनेश साम्पाङ

Halesi Khabar

खोटाङ, ३० भदौ ः मदन भण्डारी स्पोर्ट्स एकेडेमी खोटाङको अध्यक्षमा दिनेश साम्पाङ चयन हुनुभएको छ । दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा सोमबार सम्पन्न एकेडेमीको प्रथम अधिवेशनबाट साम्पाङ अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो ।

२७ सदस्य जिल्ला कार्यसमितिको उपाध्यक्षमा निश्चल खड्का र मीलन राई, सचिवमा रोशन राई, सहसचिवमा खीलाराज श्रेष्ठ र जगत किराँत तथा कोषाध्यक्षमा सर्वधन बस्नेत चयन हुनुभएको छ । एकेडेमीका १ नम्बर प्रदेश अध्यक्ष सागर थापाको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।

एकेडेमीले जिल्लामा हुने हरेक खेल क्षेत्रको प्रवद्र्धनमा जोड दिँदै आएको छ । प्रदेश नम्बर–१ मा पर्ने सबै जिल्ला अधिवेशन गर्ने अभियानमा लागेको एकेडेमीले खोटाङसँगै १२ वटा जिल्लामा प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

तपाईको प्रतिक्रिया