विद्यार्थी नेता घिमिरेले यसरी मनाए आफ्नो जन्मदिन

Halesi Khabar

खोटाङ, विद्यार्थी नेता अधिबक्ता ओमप्रकाश घिमिरेले आफ्नो जन्मदिन विद्यार्थीलाई पोशाक र कलम बाडेर मनाएका छन् । घिमिरेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ मा रहेको जगदम्बा माबिका विद्यार्थीलाई पोशाक र कलम बाडेर जन्मदिन मनाएका हुन् । सोहि विद्यालयको विव्यस अध्यक्ष समेत रहेका घिमिरेले आफ्नो २७ औ जन्मदिनमा ४ गरीब विद्यार्थीलाई पोशाक र २०० बिद्यार्थीलाई कलम बाडेर जन्मदिन मनाएको विद्यालयले जनाएको छ ।

जन्मदिनको अबसरमा घिमिरेले भने, केहि नयाँ काम गरौ भनेर पोषाक र कलम बाडेको हुँ यो अरुले पनि सिक्नु जरुरी छ । पछिल्लो समय जन्मदिन मनाउन विदेशि सस्कृति भित्रियको प्रति आपत्ति जनाउदै घिमिरेले भने सकिन्छ सृजनात्मक हिसावले मनाऔ सकिदैन नमनाऔ । विब्यस अध्यक्ष घिमिरे खोटाङ जिल्लाकै सानो उमेरका विब्यस अध्यक्ष हुन ।

तपाईको प्रतिक्रिया