साप्सु घटनापछि निकासको बाटो

Halesi

भिम राई
खोटाङ । शनिबार खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलको नजिकै एउटा दुखद घटना हुन पुग्यो । व्यवसायीक शिक्षा आर्जन गर्ने दुईजना होनाहार युवाको दुर्घटनामा मृत्यु भयो । सदरमुकाममा खुलेको दिक्तेल प्राविधिक शिक्षालयले आफ्ना विद्यार्थीहरुलाई शैक्षिक अवलोकनका लागि साप्सु कालिका हाईड्रो पावर लिएर गएको बेला दुईजना यूवाहरु साप्सुखोलामा पौडी खेल्ने क्रममा दहमा डुबेर मृत्युवरण गर्न पुगे ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङ र साकेला गाउँपालिकाको वडा नम्बर ४ रतन्छाको बीचमा रहेको साप्सुखोलामा पुगेपछि समुहसँग छुटिएर पौडी खेल्न करिब डेढ किलो मिटर टाढा पुगेपछि एलिस बस्नेत र विक्रम भट्टराईको घटना स्थलमै मृत्यु भयो । मृतकसँग गएका बाँकी दुईजना साथीमध्ये एकजना बाल बाल बचेर समुहमा आएर खबर गर्न भ्याए । उनीहरु सँगै ३५ जना विद्यार्थी र प्रिन्सिपल सहित कक्षा शिक्षकपनि गएका थिए । उनीहरुको मुल मक्सद हाइड्रो पावरको प्राविधिक अवलोकन थियो । तर खोलाको तातोघाम र उकुस मुकुस गर्मीका कारण उनीहरु खोलामा पौडी खेल्न गए । जम्मा भएको घटना यति हो ।

यद्यपी घटना भईसकेपछिको वातावरण फरक हिसाबले अगाडि बढ्रयो । पहिलो चरणमा उद्धारकार्यमा सबै जुटे । उद्धारमा जानेहरुका अनुसार पौडी खेल्न पुगेको ठाउँमा घुमाउने दह रहेको र त्यहाँ जो कोही सजिलै पौडीन नसक्ने स्थान रहेको छ । उनीहरु त्यहाँ कसरी पुगे घटना यहिबाट शुरु भएको छ । उनीहरुसँगै गएका विद्यार्थीहरुका अनुसार साथै गएका प्रिन्सिपल सिताराम राईले बाटामा समेत प्रशिक्षण दिँदै टोलिलाई संयम रहन भन्दै गएका थिए ।

लफ्याङको चाम्लिङ चोकमा केही चिसो र खाजाहरु किनेर ओरालो लागेका उनीहरुलाई त्यही पनि प्रिन्सिपल राईले उभ्याएर निर्देशन गरेको त्यहाँका व्यापारीले सुनाए । तर उनीहरु अवलोकन स्थल पुगेपछि समुहबाट छुटिएर ४ जना खोला तीर गए । गर्मिको मौसममा विद्यार्थीहरुले सित्तल खोज्दै पानीमा खेल्न गएका थिए । तर उनीहरुले सोचे जस्तो भएन । दुर्घटना आकस्मिक हुनपुग्यो । द्ुर्घटना भईसकेपछि स्वाभाविक रुपमा आक्रोेशहरु आउँछन् । पीडित परिवारको अवस्था झन कस्तो होला यो सहज अनुमान गर्न सकिन्छ । घटनाको बारेमा गम्भिर भएर छानविन गर्न जरुरी छ ।

घटना जो नहुनु थियो भई सकेपछी सबैको ध्यानकार्षण हुन्छ नै । घटना जे भयो यर्थात विवरण आउन अनुसन्धानको माग उठ्नु स्वभाविक हो । यसलाई प्रशासनका तर्फबाट गम्भिरता पूर्वक लिनुपर्छ । सरोकारवाला पक्षहरु बसेर समस्या समाधानको बाटो खोज्नु एकमात्र विकल्प हो । तर यसलाई अनावश्यक राजनीतिक लबिङ लैजानु दुखद हुन जान्छ । विषयवस्तुको गम्भिरता हेरेर पीडित पक्ष र सम्बन्धीत पक्षले सहमतीको बाटो खोज्न एक कार्यदल निर्माण गरेर समस्याको हल खोज्न तीर जानुको कुनै विकल्प छैन । दुवैपक्षको सहभागीता र स्थानीय प्रशासनको रोहबरमा तत्काल कार्यदल बनाएर समस्याको सहि निकास खोज्ने वातावरण बनाउने जिम्मा अहिलेको पावरफूल स्थानीय तहको हो ।

एउटा घटना भई सकेको छ । पीडित पक्षको आक्रोश, स्थानीय प्रशासनको भूमिका र जिल्लाका राजनीतिक दलका शिर्ष नेताहरुको द्धन्द्ध व्यवस्थापन गर्ने कुशल क्षमताका अभाव भएमा थप अन्य घटनाहरु हुनसक्छ । राजनीति भन्दा अलिमाथी उठेर घटनालाई सुक्ष्म अध्ययन गर्ने र यसको उचित निकास नदिएमा समस्या टड्कारो हुने छ । जसमध्ये दुईजना मृतक विद्यार्थीका साथीहरुले थप अध्ययन गर्न समस्या आउन सक्छ ।

जिल्लामा आएको एकमात्र व्यवसायीक शिक्षा प्रदान गर्ने प्राविधिक शिक्षालय धरापमा पर्न सक्छ । पीडित परिवारले आफुलाई सँधैभरी दुखी भईरहनु पर्ने हुनसक्छ ।
निकास के ?
समाधानको पहिलो शर्त सहमती नै हो । स्थानीय प्रशासन, राजनीतिक दल तथा पीडितपरिवार बसेर उपयुक्त बाटो खोज्नु पर्दछ । मृतकहरु भवितब्यमा परेका हुन भन्ने कुरालाई कुनै हालतमा विर्सनु हुन्न । उनीहरुको सम्मानमा प्राविधिक शिक्षालयले प्रतिष्ठान या कुनै यस्तै सामाजीक सँस्था निर्माण गरेर उनीहरुलाई सम्झीरहने कार्य गर्न सकिन्छ ।

एलिस विशाल ट्रष्ट निर्माण गरेर शिक्षालयको तर्फबाट विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्न सकिन्छ । दुवै मृतकका शालिक निर्माण गर्न पहल गर्न सकिन्छ । यी यस्ता थुप्रै विकल्पहरु साझा बसाईबाट आउन सक्छन् । यी सबैकुरा आन्दोलनले भन्दा बढी साझा छलफल र बहसबाट सहमतीका आधारमा संभवना रहेका छन् ।

तपाईको प्रतिक्रिया